चर्चित काण्ड गरेपछि एमालेबाट निर्वाचित गाउँपालिकाका अध्यक्ष खड्का पक्राउ

मन्थली । रामेछाप जिल्लाको लिखु तामाकोशी गाउँपालिकाका अध्यक्ष गोविन्द खड्का पक्राउ परेका छन् ।

एमालेबाट निर्वाचित अध्यक्ष खड्कालाई प्रहरीले व्यक्ति अपहरण तथा तथा शरीर बन्धकको आरोपमा शुक्रबार घरबाट पक्राउ परेका हुन् ।

उपभोक्ता समितिका अध्यक्षलाई अपहरण गरी बन्धक बनाएर चेकमा जबरजस्ती हस्ताक्षर गर्न लगाएको उजुरीका आधारमा अध्यक्ष खड्कालाई मन्थलीबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापका डीएसपी वसन्त पाठकले जानकारी दिएका छन् ।

पार्टी नीति विपरीत काम गरेको भन्दै गत वर्ष नेकपा रामेछाप जिल्ला कमिटीका सदस्य रहेका खड्कालाई प्रदेश कमिटीले निलम्बन गरेको थियो ।

विभिन्न हर्कत गर्दै आएका नेकपाका नेता समेत रहेका अध्यक्ष खड्का विवादित व्यक्ति हुन् ।

Published : Friday, 2020 August 14, 3:37 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया