कास्की कांग्रेसको मागले पोखराका मेयरलाई खलखली पसिना, भ्रष्ट कम्युनिस्टलाई नङग्याइ छाड्ने

पोखरा । नेपाली कांग्रेस कास्कीले पोखरा महानगरपालिकाले राजश्व हिनामिना गरेकोमा विरोध गर्दै हिसाब किताब माग गरेको छ ।

कास्की कांग्रेसका सभापति कृष्ण केसीको नेतृत्वमा बुधबार गएको टोलीले महानगरपालिका प्रमुख मानबहादुर जिसीलाई ज्ञापनपत्र बुझाएर १३ करोड राजश्व हिनामिना भएको हिसाब माग गरेको हो ।

प्रमुख जिसीले तत्कालीन एमालेबाट जितेका हुन् । जिसीको नेतृत्वमा रहेको पोखरा महानगरभित्र १३ करोड राजश्व गायब भएपछि कांग्रेसले कम्युनिस्टहरूविरुद्ध भण्डाफोर अभियान शुरु गरेको छ ।

नगरबासीले तिरेको करमध्येको १३ करोड बढी रकम हिनामिना हुनु सामान्य विषय नभएको भन्दै सभापति केसीले यस्तो गम्भीर विषयको तत्काल छानविन गरी दोषीलाई कडाभन्दा कडा कारवाही गर्न माग गरेका छन् ।

कास्की कांग्रेसले पोखरा महानगरपालिका वडा नम्बर २१ का वडा सदस्य राम गुरुङले विकास निर्माणको बजेटमा कमिसन मागेको अडियो सार्वजनिक हुनु अत्यन्तै अशोभनीय र लज्जाजनक विषय भएको भन्दै सत्यतथ्य छानविन गरी दोषी उपर कडा कारवाहीको माग गरेको छ ।

यस्ता विषयमा महानगरपालिका समयमा नै गम्भीर नभए अवस्था भयावह हुने चेतावनी समेत कास्की कांग्रेसले दिएको छ ।

महामारीको अवस्थामा संक्रमितको उपचारलाई व्यवस्थित गर्न र कोरोना परीक्षणको दायरा बढाउन आवश्यक देखिएकाले त्यसतर्फ गम्भिरता देखाउन महानरपालिकाको ध्यानाकर्षण गराइएको छ ।

लकडाउनका बेला संकलित र वितरित राहत विवरण अझैसम्म सार्वजनिक नभएकोप्रति निन्दा गर्दै तत्काल राहत विवरण सार्वजनिक गर्न र महानगरपालिका भित्रका बेथिति बारे काँग्रेसबाट निर्वाचित ११ जना वडाध्यक्षले उठाएका १६ विषयप्रति गम्भीर बन्न महानगरपालिकाको ध्यानाकर्षण गराइएको छ ।

कास्की कांग्रेसका सभापति केसीले महानगरपालिकाका गतिविधिका कारण जनप्रतिनिधिप्रति जनताको विश्वास घटेको भन्दै दुःख व्यक्त गरेका छन् ।

आफूहरूले उठाएका विषयमा गम्भीर नभए आन्दोलन गनुपर्ने अवस्था सृजना हुने उनले चेतावनी दिएका छन् । केसीले १३ कराेड राजश्व गायब भएकाे घटना गम्भीर रहेकाे भन्दै कम्यनिस्टहरूकाे नियतमाथि प्रश्न उब्जिएकाे बताए । सभापति केसीले कम्यनिस्टहरूकाे भ्रष्टाचारकाे भण्डाफाेर शुरू भएकाे चेतावनी दिए ।

कांग्रेसकाे माग र ज्ञापन पत्रले कम्युनिस्टबाट विजयी भएका मेयर जिसीलाई तनाब बढाइदिएकाे छ । जिसीले १३ कराेडकाे हिसाब स्पष्ट देखाउन सकेनन् भने पसिना छुटाउने तयारीमा कांग्रेस पुगेकाे छ ।

Published : Wednesday, 2020 August 12, 6:59 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया