देउखुरीमा कांग्रेसको सदस्यता पाएपछि खुसी भइन् नेकपाकी नेउली कुमाल, नेता गिरीले गराए प्रवेश
लमही । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री दीपक गिरीले देश र जनतालाई लुट्नका लागि तत्कालीन एमाले र माओवादीबीच पार्टी एकीकरण भएको बताएका छन् ।
दाङको गढवा गाउँपालिकामा शुक्रबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै गिरीले जनताको जीवनस्तर वृद्धिका लागि दुईतिहाईको कम्युनिस्ट सरकारलाई कसले छेकेको छ ? भन्दै प्रश्न गरेका छन् । उनले देशलाई भ्रष्टचारमय बनाउन कम्युनिस्ट सरकार लागेको बताए ।
नेता गिरीले दुई महिनादेखि कम्युनिस्ट सरकार ठप्प रहेको भन्दै सरकारबाट जनताका कुनै पनि काम पूरा नहुने बताए । उनले सरकारले स्वास्थ्य सामग्री खरिदमा अनियमितता गरेको भन्दै चिन्ता जनाए ।
कम्युनिस्ट सरकारले कुटनीतिक हिसाबले गर्नुपर्ने अन्तर्राष्ट्रिय सम्बन्ध पनि ह्रास बनाएको गिरीले बताए ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वसांसद योगेन्द्र चौधरीले कोभिड–१९ बाट जनतालाई जोगाउन अहिलेको शक्तिसाली कम्युनिस्ट सरकारसँग कुनै किसिमको योजना नरहेको बताए ।
देशको प्रधानमन्त्री जस्तो प्रमुख ब्यक्तिले जग हंसाई लज्जास्पद कुरा गरेको भन्दै चौधरीले बेसार पानी र हलुको कुराले जनता र देशको रक्षा नहुने बताउनु भयो । ‘सरकारले जनताको आँसु पुच्छ सक्दैन, जनताको रक्षा गर्न सक्दैन चौधरीले भने, ‘जनताले अब पुनःविचार गर्नुपर्ने अवस्था आएको छ ।’
नेपालीले नेपालीलाई मार्नुहुँदैन भनेर कांग्रेसले बन्दुक बोकेका माओवादीलाई जंगलबाट संसदमा ल्याएको स्मरण गर्दै चौधरीले अहिले उनीहरू सत्तामा रहँदा उनका जीवन परिवर्तन त भए तर जनताकोस्तर अझै खस्किएको चिन्ता व्यक्त गरे ।
केन्द्रीय सदस्य चौधरीले जनताको मुक्तिका कांग्रेसले राजा नै हटाइदिएको बताए । उनले अहिले देशमा लुटतन्त्रका राजैराजा भएको बताए ।
नेपाली कांग्रेस दाङ क्षत्र नम्बर १ का सभापति भेषराज पाण्डेयले सरकार निर्लज्ज रुपमा प्रस्तुत भएको बताए ।
कार्यक्रममा गढवा गाउँपालिका वडा नम्बर ४ अजगढवाका ४८ जना विभिन्न पार्टी परित्याग गरि नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
६२ वर्षीय नेउली कुमालले नेपाली कांग्रेसको सदस्यता लिएकी छिन् । कम्युनिस्ट सरकारप्रति असन्तुष्टि जनाउँदै उनी कांग्रेस प्रवेश गरेकी हुन् । कांग्रेस प्रवेश गर्नेमा आशिष थापा पनि रहेका छन् ।
कार्यक्रममा कांग्रेसका सचिव शंकर डाँगी, महासमिति सदस्य कर्णबहादुर बुढाथोकी, क्षेत्र नं. २ ‘क’का सभापति गिरिराज सुवेदी, किरणकिशोर घिमिरे, पूर्व क्षेत्रीय सभापति अनुराग यादव, पूर्व महासमिति सदस्य मधु न्यौपाने, गढवा गाउँपालिका ईकाइ सभापति बालचन्द्र हमाल, गुलाम महम्मद, अनुराग खडका, तरुण दल लमही नगर सभापति सन्तोष बुढाथोकी लगायतका नेताहरूको उपस्थिति रहेको थियो ।

बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया