कांग्रेस सांसद थापा दुर्घटनामा गम्भीर घाइते, काठमाडौं लगियो
धनगढी । नेपाली कांग्रेसबाट सुदूरपश्चिम प्रदेशकी प्रदेशसभा सांसद अम्बिकुमारी थापा दुर्घटनामा परेर घाइते भएकी छिन् ।
शनिबार धनगढी उप–महानगरपालिकाको वडा नम्वर ८ बुद्ध चोकमा सांसद थापा सवार मोटरसाइकल दुर्घटना भएको प्रहरीले जनाएको छ । उनी सवार मोटरसाइकललाई पछाडिबाट आएको अर्को मोटरसाइकलले ठक्कर दिँदा दुर्घटना भएको हो ।
कांग्रेसकी प्रदेश सांसद थापाको टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ ।
धनगढीस्थित माया मेट्रो अस्पतालका चिकित्सकले टाउकोमा गम्भीर चोट लागेकाले ब्रेनमा रगत जम्न सक्ने भन्दै रिफर गरेपछि काठमाडौं लगिएको छ ।
सांसद थापालाई नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौं लगिएको नेपाली कांग्रेसका प्रदेशसभा सदस्य भरत खड्काले जानकारी दिएका छन् ।
प्रदेशसभा सदस्य थापा नेपाली कांग्रेसबाट अछाम जिल्लाको प्रतिनिधित्व गर्दै समानुपातिकबाट निर्वाचित सांसद हुन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया