गंगा चौधरीद्वारा संसदभित्रै सरिता गिरीसहित ‘रअ’का एजेन्टहरूको सातो लिइन्
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की सांसद गंगा चौधरीले समृद्धिका कुरा सुनेर भारतीय गुप्तचर संस्था ‘रअ’का एजेन्टहरू १५ दिनसम्म घाइते हुने गरेको बताएकी छिन् ।
संसदको सोमबार बसेको बैठकमा शून्य समयमा बोल्दै नेकपाकी सांसद चौधरीले भारतीय एजेन्टहरू सलबलाउन थालेको बताइन् । उनले ‘रअ’का एजेन्टहरूलाई धेरै नसलबलाउन चेतावनी दिएकी छिन् ।
‘अनुदानसँग जमीन, स्वाभिमान र राष्ट्रियता साट्न मिल्दैन’, उनले भनेकी छिन्, ‘सीमा विवाद नेपालमाथि भारतको दादागिरी नमिचिएको ठाउँ छैन । नपेहिएको गाउँ छैन । भन्दाभन्दै भारतीय चेलीहरूको सदनभित्र पनि दादागिरी चल्न थाल्यो ।’
‘भूमि मिचाहासँग सल्लाह छलफल गर्नुपर्ने पर्यो रे ! आफ्नो जमीन मेरो हो भन्नको लागि पनि मेरो देशको भूमि मिचाहा सोध्नुपर्ने ? यो कस्तो बिडम्बाना हो ?’, नेकपाकी सांसद चौधरीले प्रश्न गर्दै भनेकी छिन्, ‘जब यो देशका प्रधानमन्त्री एउटा सपना, योजना फ्याक्छन् अनि रअका एजेन्टहरू १५ दिनसम्म घाइते हुन्छन् ।’
समावादी पार्टीकी सांसद सरिता गिरीको नाम नलिइकन नेकपाकी सांसद चौधरीले संसदभित्रै नेपालको स्वाधीनतामाथि धावा बोलेको बताइन् ।
‘त्यो सपनाको विरुद्धमा सम्पूर्ण शक्तिहरू लगाएर बुरुक बुरुक उफ्रन थाल्छन्’, उनले भनिन्, ‘राष्ट्रियताको सवालमा अब बोलाइ र गराइ समानता कायम गर्न धेरै मै हुँ भन्नेहरूलाई पनि हम्मे हम्मे पर्न थालिसकेको छ ।’
‘मन र विचार अशुद्ध हुनेको मन्तब्य र अन्तर्वार्ता, लेखका अशंबाट पनि आमजनताले स्पष्ट रुपमा पहिचान गर्न थालिसकेका छन्’, उनले भनेकी छिन्, ‘ विगतमा नक्कली राष्ट्रवादको खोल ओड्नेहरूको मुखुण्डो पनि तिनलाई खडा गर्ने र उचाल्नेहरूबाट नै पर्दा फास हुनेछ ।’
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया