कोरोना र भोकले जनता मरेका बेला राष्ट्रपतिलाई करोडको गलैचा
काठमाडौं । राष्ट्रपति कार्यालयमा एक करोडको गलैचाल फेर्ने लागेको छ ।
लकडाउनका कारण खान नपाएर जनता मारेका छन् । कोरोना भाइरसका कारण आठ जनाले ज्यान गएको छ । यस्तो बेला राष्ट्रपति विद्यादेवी भण्डारीका लागि एक करोडको गलैचा फेर्न लागिएको हो ।
कोरानाका संक्रमितलाई उचार गर्न भेन्टिेलटर छैनन् । क्वारेन्टाइनहरूको बिजोग रहेका बेला राष्ट्रपति भण्डारी बस्ने घरमा यति महँगो गलैचा परिवर्तन गर्न थालेपछि आलोचना भएको छ ।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का गण्डकी प्रदेश सांसद रामबहादुर गुरुङले ठेक्का पाएको राष्ट्रपति भण्डारी बस्ने नयाँ भवनमा महँगो गलैचा फेर्न लागिएको स्रोतले जनाएको छ ।
हिमालयन डेकोरले गलैचा फेर्न लागेको छ । त्यसको टेण्डर डेकोरले पाएको छ । यो कम्पनी गण्डकी प्रदेशका नेकपा सांसद गुरुङको हो । गुरुङ तनहुँ–१ ‘क’ बाट निर्वाचित भएका थिए ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया