गुण्डा नाइके ‘श्री’ पक्राउ, धरानमा मच्चाए उत्पात
धरान । उपेन्द्र यादव नेतृत्वको तत्कालीन संघीय समाजवादी पार्टीका युवा नेता श्री सुब्बा बलात्कार अभियोगमा धरानमा पक्राउ परेका छन् ।
सुब्बाले ८ वर्षीया बालिकालाई एक हप्तासम्म बलात्कार गरेको भन्दै पीडितकी आमाले उजुरी दिएपछि पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय धरानका डीएसपी ढुण्डीराज न्यौपानेले जानकारी दिए ।
सुब्बा गुण्डा नाइकेका रुपमा धरानमा परिचित छन् । आफ्ना अपराधहरूलाई लुकाउन समाजवादी पार्टीमा प्रवेश गरेर राजनीति गर्दै आएका थिए ।
सुब्बालाई धरान उपमहानगरपालिका वडा नम्बर १३ स्थित सारंगा जाँदै गर्दा बाटोमा पक्राउ गरिएको छ ।
डीएसपी न्यौपानेले बालिकाकी आमाले दिएको उजुरीको आधारमा सुब्बालाई पक्राउ गरिएको जानकारी दिएका छन् ।
प्रकाउ परेका सुब्बा समाजवादी पार्टी निकटको युवा संगठनको प्रदेश १ का अध्यक्ष हुन् ।
पीडित बालिकाकी आमाले जेठ ५ गते उजुरी दिएकी थिइन् । उजुरी परेपछि भागेर हिँडेका सुब्बालाई सारंगा डाँडाबाट पक्राउ गरिएको थियो ।
सुब्बाले करीव दुई हप्तादेखि ती ८ वर्षीया बालिकालाई निरन्तर बलात्कार गर्दै आएको आरोप छ । बालिकाले सुब्बाको बलात्कारबाट पीडा खेप्न नसकेपछि आमालाई सबै कुराको जानकारी गराएकी थिइन् । प्रहरीले सुब्बालाई जिल्ला अदालत सुनसरीबाट आदेश लिएर पक्राउ गरेको छ ।
राजनीतिक आवरणमा गुण्डागर्दी गर्दै आएका सुब्बाले उद्योगी, व्यापारी थर्काउने, अबैध असुली गर्ने, चन्दा आतंक मच्चाउने, धरानका पसल तथा होटल रेष्टुरेन्टमा खाएर पैसा नतिर्ने काण्डमा पटक–पटक पक्राउ परिसकेका छन् ।
समाजवादी पार्टीका नेताहरूको दवावमा पटक पटक छुट्दै आएका सुब्बा धरानमा बद्नाम मानिन्छन् । प्रहरीलाई नै अभद्र ब्यवहार गरेको अभियोगमा सुब्बा पक्राउ परिसकेका छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया