बिहीबार राति तीन जना कोरोना संक्रमित थपिए

काठमाडौं । बाँके र कपिलवस्त जिल्लामा थप तीन जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

बिहीबार साँझ साढे सात बजेको अपडेटअनुसार बाँकेमा दुई र कपिलवस्तुमा एक जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीका अनुसार बाँके जिल्लाको नरैनापुर गाउँपालिका वडा नम्बर ३ निवासी ३२ वर्षीय पुरुष र गजुरा गाउँपालिका वडा नम्बर ३ की ४२ वर्षीया महिला रहेका छन् ।

कपिलवस्तु जिल्लाको सुद्दोधन गाउँपालिका निवासी १९ वर्षीय पुरुषमा पनि कोरोना भाइरसको संक्रमण भएको छ ।

उनीहरू सबैको स्वास्थ्य अवस्था सामान्य रहेको सहप्रवक्ता डा.अधिकारीले बताएका छन् । योसँगै नेपालमा कोरोना भाइरसको संक्रमितको संख्या ४७५ पुगेको छ ।

Published : Thursday, 2020 May 21, 8:38 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया