एक सय तीस करोड जनसंख्या रहेको भारत नेपाली चेलीसँग थुरुरु डरायो

काठमाडौं । भारतीय सञ्चारमाध्यमहरूले नेपाली चेली एवम् अभिनेत्री मनीषा कोइरालाविरुद्ध नानाभाँती प्रचारबाजी गरेका छन् ।

नेपाली कांग्रेससहित सबैको सहयोग र समर्थनमा झण्डै दुईतिहाइको कम्युनिस्ट सरकारले नेपालको नयाँ नक्सा जारी गरेपछि अभिनेत्री कोइरालाले समर्थन जनाएकी थिइन् । उनले आफ्नो मुलुकको नक्साको स्वागत गरेकी थिइन् ।

अभिनेत्री कोइरालाले ट्वीटमार्फत भारतको विरोध र नेपालको समर्थन गरेपछि भारतीय सञ्चारमाध्यमहरूलाई त्यो कुरा पचेन । उनीहरूले लगातार भारतमा खाएर नेपाल र चीनको समर्थन गरेको भनेर वाहियात समाचार तथा आरोपहरू लगाइरहेका छन् ।

कुनै हैसियतका छन् भारतीय सञ्चारमाध्यमहरू भन्ने कुराको औकात देखाइरहेका छन् ।

भारतमा झण्डै एक सय ३० करोड जनता छन् । ती जनताविरुद्ध अभिनेत्री कोइरालाविरुद्ध भारतीय मिडियाहरूले आक्रोश पोखेका छन् ।

एकजना अभिनेत्रीविरुद्ध भारतीय मिडियाहरू खुलेर विरोधमा लागेका छन् । उनीहरूको यो हर्कतले अभिनेत्री कोइरालाको समर्थन झन् बढेर गएको छ ।

भारतीय मिडियाहरूले अभिनेत्री कोइरालामात्रै होइन कि बेलाबेला धर्मसँग जोडेर आमिर खान, सलमान खान, शाहरुख खानलगायत मुसलमान कलाकारको अपमान र आलोचना गर्दै आएका छन् । कोइराला त झन् नेपाली परिन् । उनको आलोचना गर्नु भारतीयहरूका लागि खासै ठूलो कुरा होइन ।

भारतले नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरालाई अतिक्रमण गरेर सेना राखेको छ । त्यति मात्रै होइन भारतले नेपाली भूमिमाथि सडक समेत बनाएको छ ।

पाँच महिना अगाडि भारतले नेपाली भूमि लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई आफ्नो नक्साभित्र राखेर नयाँ नक्सा जारी गरेको छ ।

भारतको यो हर्कतको नेपालमा विरोध भइरहेको छ । बालुवाटारमा बसेको सर्वदलीय बैठकले लिपुलेक, लिम्पियाधुरा र कालापानी समेटेर नयाँ नक्सा जारी गर्ने निर्णय भएअनुसार सबैको दवावमा सरकारले नयाँ नक्सा जारी गरेको छ ।

अभिनेत्री कोइरालासहित देश, विदेशमा रहेका नेपालीहरूले नक्साको स्वागत गर्दै भारतीय सेना नेपाली भूमिबाट फिर्ता हुन माग गरिरहेका छन् ।

Published : Wednesday, 2020 May 20, 9:41 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया