आठ जना कोरोना संक्रमित निको भए, ४५ पुग्याे संख्या
काठमाडौं । कोरोना भाइरसका आठ जना संक्रमितहरू उपचारपछि निको भएर घर फर्किएका छन् ।
विराटनगरको कोशी अस्पतालमा उपचाररत ८ जना कोरोना संक्रमित बुधबार निको भएर घर फर्किएका हुन् । निको हुनेमा ५ जना भारतीय जमाती र ३ जना उदयपुर जिल्लाको भुल्केका वासिन्दा छन् ।
वैशाख ५ र ९ गते कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा भर्ना भएका थिए । उनीहरू २९ देखि ३३ औं दिनमा अस्पतालबाट डिस्चार्ज भएका छन् ।
बुधबार डिस्चार्ज भएका ५ जना भारतीय नागरिकलाई विराटनगर १५ को रानी मरकज क्वारेन्टाइनमा राखिएको छ ।
उदयपुरका ३ जनालाई भुल्के पठाइएको कोभिड अस्पतालका जनस्वास्थ्य अधिकृत ज्ञानबहादुर बस्नेतले जानकारी दिएका छन् । ४५ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् ।
Published : Wednesday, 2020 May 20, 7:06 pm
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया