शिक्षकको कोरोनाबाट मृत्यु भएको छैनः अस्पताल

बुटवल । क्रिमसन अस्पतालले कोरोना भाइरसका संक्रमित ४१ वर्षीय शिक्षकको मृत्यु नभएको जनाएको छ ।

अस्पतालले बुधबार मध्यान्ह १२ बजे विज्ञप्ति जारी गरेर गुल्मीको मदाने गाउँपालिका–६ पुर्कोटदहका ४१ वर्षीय शिक्षकको अवस्था गम्भीर रहेपनि मृत्यु नभएको जनाएको हो ।

अस्पतालले कोरोना संक्रमित बिरामीको मृत्यु भएको भनेर समाचार आएकोमा त्यो गलत र भ्रामक भएको बताएको छ ।

अस्पतालले विरामीको आइसियुमा भेन्टिलेटर सपोर्टका साथ उपचार भइरहेको पनि जनाएको छ ।

‘बिरामीको मृत्यु भएको भन्ने समाचारले जनमानसमा अनावश्यक त्रासको वातावरण सृजना भएको छ’, विज्ञप्तिमा भनिएको छ, ‘गलत समाचारको पछि नलाग्न सबैलाई अपील गर्दछौं ।’

वैशाख २५ गतेदेखि नै सामान्य ज्वरो र खोकी देखिएका उनले स्थानीय मेडिकलमा उपचार गराएका थिए ।

सुधार नभएपछि अर्घाखाँची हुँदै जेठ १ गते देखि रूपन्देहीको मणिग्राम स्थित क्रिमसन अस्पतालमा उपचार गराइरहेका थिए ।

उनमा जण्डिस र मृगौलामा पनि समस्या देखिएको थियो ।

Published : Wednesday, 2020 May 20, 1:45 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया