सांसदहरूको कडा प्रश्नले कुर्सीमै निदाए ओली

काठमाडौं । प्रधानमन्त्री खड्गप्रसाद ओली संसदमा रोष्टममै निदाएका छन् ।

संसदमा सांसदहरूको जवाफ दिने क्रममा ओली कुर्सीमै निदाएका हुन् । रोष्टममा कुर्सीमा बसेर सम्बोधन गरेका ओलीलाई सांसदहरूले प्रश्न सोधेका थिए ।

कांग्रेससहितका विपक्षी दलका सांसदहरूले प्रश्न सोध्न क्रममा ओली कुर्सीमै निदाएको संसद सचिवालयको टिभीमा देखिएको छ ।

लामो भाषण दिएर थकित बनेका ओली आफू बसेको कुर्सीमा बेलाबेला निदाउने गरेका थिए । फेरि उनी झस्किएर उठ्ने गरेको भिडियोमा देखिएको छ ।

संसदमा ओलीले शुरुमा उभिएर सम्बोधन गरेका थिए । सम्बोधन गर्दै गर्दा समस्या भएपछि ओलीले कुर्सीमा बसेर सम्बोधन गर्न सभामुखसँग अनुमति मागेका थिए ।

सभामुखले तत्काल ओलीलाई रोष्टममा कुर्सीको व्यवस्था गरिएदिएका थिए ।

Published : Tuesday, 2020 May 19, 7:26 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया