अमेरिकामा कोरोनाविरुद्धको खोप मानवमा परीक्षण, नतिजा सकारात्मक
न्युयोर्क । अमेरिकाले कोरोना भाइरसविरुद्धको सम्भावित खोपको मानवीय परीक्षण गरेको छ ।
परीक्षणसँगै पहिलो चरणमा सकारात्मक प्रतिक्रिया देखिएपछि आशाको किरण थपिएको छ ।
यो औषधि अमेरिकी बायोटेक कम्पनी मोदेर्नाले निर्माण गरको बीबीसीले जनाएको छ । परीक्षणको क्रममा रहेको खोपले कोरोना भाइरसविरुद्ध लड्नका लागि मानिसको प्रतिरक्षा प्रणालीलाई प्रशिक्षित गर्ने वा तयार पार्ने देखिएको निर्माता कम्पनीले बताएको छ ।
खोपको डोज दिइएका शुरूका आठ जनामा न्युट्रलाइजिङ्ग एन्टिबडी फेला परेको मोर्देनाले दाबी गरेको छ ।
कोरोना भाइरसबाट संक्रमित भएका व्यक्तिको प्रतिरोधात्मक प्रणालीले गर्ने प्रतिक्रिया र परीक्षणको क्रममा खोप दिइएका स्वस्थ व्यक्तिको प्रतिरोधात्मक क्षमताले गर्ने प्रतिक्रिया उस्तै रहेको पनि जनाइएको छ ।
अमेरिकाको नेशनल इन्स्टिच्युड अफ एलर्जी एण्ड इन्फेक्सस डिजिज (एनआइएआइडी) को नेतृत्वमा नेशनल इन्स्टिच्युड अफ हेल्थमा ४५ जना स्वस्थ व्यक्तिहरू स्वतन्त्र रुपमा सम्भावित खोपको तीनमध्ये एक डोज लिनका लागि तयार भएका थिए ।
पहिलो चरणको डोज लिएका ८ जनाको शरीरमा बनेको एन्टिबडीले कोभिड–१९, सार्स–कोभी–२ विरुद्ध लड्ने क्षमता देखिएको छ ।
खोपको प्रभावकारिता परीक्षण गर्नभन्दा पनि सो खोप प्रयोग गर्नु स्वास्थ्यका हिसाबले सुरक्षित हुन्छ या हुँदैन भन्ने थाहा पाउनुमा केन्द्रित छ ।
उपचारमा सकारात्मक नतिजा देखाएकाले थप परीक्षणका लागि उत्साहित बनाएको अनुसन्धानमा संलग्न वैज्ञानिकले बताएका छन् ।
कोरोनाविरुद्ध वास्तममा काम गर्छ या गर्दैन भन्ने थाहा पाउनका यो औषधिको वृहतस्तरको परीक्षण आउँदो जुलाईको सुरुवातदेखि थालनी हुने अपेक्षा गरिएको छ ।
विश्वभरि कोरोनाविरुद्धको खोप बनाउन ८० वटा समूहले काम गरिरहेका छन् ।
एमआरएनए–१२७३ नाम गरेको सम्भावित खोप मानवीय परीक्षणमा लैजाने मोदेर्ना पहिलो कम्पनी मानिएको छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया