कोरोनाबाट आमा गुमाएका शिशुले पाए कांग्रेस नेता बस्नेतको सहयोग
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेतले कोरोनाबाट मृत्यु भएकी सिन्धुपाल्चोक जिल्लाकी महिलाको शिशुको शिक्षा र रोजगारीको जिम्मेवारी लिएका छन् ।
कांग्रेस नेता बस्नेतले सोमबार विज्ञप्ति जारी गरेर बाह्रविसे नगरपालिकाको वडा नम्बर ९ राम्चे, ठोट्नेरीकी ती महिलाका शिशुको कक्षा १ देखि १२ कक्षासम्मको शिक्षा आफूले ब्यहोर्ने जनाएका हुन् ।
ती बालकको शिक्षा पूरा भएपछि रोजगारीको व्यवस्था पनि आफूले नै गरिदिने बस्नेतले बताए ।
९ दिनका ती शिशुको स्वास्थ्य सुधार र पौष्टिक आहारका लागि रु. ५० हजार नगद पनि कांग्रेस नेता बस्नेतले उपलब्ध गराएको विज्ञप्तिमार्फत जनाएका छन् ।
राम्चेकी ती महिला कोरोना भाइरसबाट मृत्यु भएकी नेपालको पहिलो महिला हुन् ।
कांग्रेसका नेता बस्नेतले गृहजिल्ला सिन्धुपाल्चोक जिल्लामा लकडाउन भएपछि स्वास्थ्य सामग्री वितरणदेखि समस्यामा परेका मजदुर र अति निम्न परिवारलाई खाद्य सामग्री समेत उपलब्ध गराउँदै आएका छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया