भारतीय सेनाध्यक्ष नरभानेलाई औकातमा बस्न संसदीय समितिको चेतावनी

काठमाडौं । संसदीय समितिले भारतीय सेनाध्यक्षको अभिव्यक्तिलाई गैरजिम्मेवार र उत्तेजनात्मकको संज्ञा दिँदै आपत्ति जनाएको छ ।

सिंहदरबारमा आइतबार बसेको संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकले भारतीय सेनाध्यक्षलाई आफ्नो जिम्मेवारी र कुटनैतिक मर्यादा विपरितका गतिविधि नगर्न चेतावनी दिएको छ ।

‘भारतद्वारा अतिक्रमण गरिएका लिम्पियाधुरा, लिपुलेक, कुटी, नाबी, गुञ्जी र कालापानी क्षेत्रका विषयमा भारतीय सेनाध्यक्षको गैरजिम्मेवार र उत्तेजनात्मक अभिव्यक्तिको कूटनैतिक तहबाट खण्डन गर्ने’, समितिको बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ ।

दुई दिन अगाडि भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरभानेले नेपालले कसैको उक्साहटमा लिपुलेकको सडक विवादका विषयमा भारतको विरोध गरेको भन्दै आपत्ति जनक अभिव्यक्ति दिएका थिए ।

संसदीय समितिले भारतीय सेनाध्यक्ष नरभानेलाई घुमाउरो भाषामा औकातमा बस्न चेतावनी दिएका छ ।

Published : Sunday, 2020 May 17, 9:36 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया