सीमा मिचिएको जिल्लामा कांग्रेसको भ्रातृ संगठनहरूद्वारा प्रदर्शन
प्रकाश भट्ट
दार्चुला । भारतले दार्चुलाको कालापानी, लिपुलेक, लिम्पियाधुरा अतिक्रमण गरि सडक उद्घाटन गरेपछि आन्दोलित बनेका नेपाली कांग्रेसको भ्रातृ संगठनहरूले जिल्ला प्रशासन कार्यालय अगाडि प्रदर्शन गरेका छन् ।
आइतवार नेपाल तरुण दल, नेपाल विद्यार्थी संघ, नेपाल दलित संघ र नेपाल महिला संघले संयुक्त रुपमा प्रदर्शन गरेका हुन् । उनीहरूले सरकारले तत्काल भारतसंग कुटनीतिक पहल गर्नुपर्ने माग राख्दै एक घण्टा जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना दिएका हुन् ।
चारवटै भ्रातृ संगठनहरूद्वारा राष्ट्रियता तथा भूमि मिचिएका गीतहरू बजाउँदै जिल्ला प्रशासन कार्यालय अगाडि १ घण्टा धर्ना दिइएको थियो ।
नेपाली भूमिमा भारतले सडक बनाई उद्घाटन गरिसक्दासम्म कानमा तेल हालेर बस्ने सरकारविरुद्ध भ्रातृ संगठनहरूले आक्रोश प्रकट गरेका छन् ।
उनीहरूले आफूहरूको आन्दोलन सांकेतिक भएको जनाउँदै नेपाल सरकारसंग मिचिएको नेपाली भूमि अविलम्व फिर्ता गर्न प्रभावकारी कुटनैतिक पहल थाल्न माग गरेका छन् ।
नेपालको भूमि एक ईञ्च पनि मिच्न नदिने र अरुको पनि एक ईञ्च भूमि मिच्न नहुने भन्दै राष्ट्रियताको मुद्धामा एकताबद्ध भई सरकारले तत्काल भारतसंग कुटनैतिक पहल गर्नुपर्ने नेपाल विद्यार्थी संघका अध्यक्ष रमेश भट्टले बताए ।
कोरोनाको सन्त्रासबीच उनीहरूले सामाजिक दुरी कायम गर्दै हात हातमा प्लेकार्ड बोकेर भारतीय हस्तक्षेप र मौन बसेको नेपाल सरकारविरुद्ध प्रदर्शन गरेका हुन् । यसअघि उनीहरूले संयुक्त रुपमा ज्ञापन पत्र समेत बुझाइसकेका छन् ।
धर्नामा बसेकाहरूले ‘लिपुलेक र कालापानी हाम्रै हो’, ‘दार्चुला टिंकर सडक किन अलपत्र पारेको दुर्त गतिमा निर्माण गर, व्याँस जाने घोरेटो बाटो निर्माण गर, व्याँसीहरुको कुन्चा व्यवस्थापन गर, कुटनीतिक पहल गरि त्रिदेशीय वार्ता गर, फस्ट पर्शन नोट पठाउ—थर्ड पर्शन नोटले हुँदैन् जस्ता नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया