कांग्रेसले सोध्यो ओलीको उत्तराधिकारी, बालुवाटारमा चिसो पस्यो
काठमाडौं । नेपाली कांग्रेसका सांसद एवम् केन्द्रीय सदस्य दिलेन्द्रप्रसाद बडूले प्रधानमन्त्री खड्गप्रसाद ओली चालु अधिवेशनको शुरुको दिनदेखि नै संसदमा नदेखिएको भन्दै आलोचना गरेका छन् ।
संसदको मंगलबार बसेको बैठकमा शून्य समयमा बोल्दै कांग्रेसका सांसद बडूले प्रधानमन्त्री ओली सदनमा नआउनुको कारण खोजेका छन् ।
‘प्रधानमन्त्री खड्गप्रसाद ओली चालु अधिवेशनको शुरुको दिनदेखि नै संसदमा देखिनु भएको छैन’, उनले प्रश्न गर्दै भने, ‘किन संसदमा अनुपस्थित हुनुहुन्छ ?’
‘मिडियाहरूबाट जानकारी भएअनुसार उहाँले आफ्नो उत्तराधिकारीको रुपमा भावी प्रधानमन्त्री घोषणा गरेको पनि सुनियो’, नेता बडूले भने ।
‘आफ्नो उत्ताराधिकारी आफैले ताक्नुपर्ने यो कुन संविधानको बन्दोबस्त हो ? वर्तमान संविधानमा देखिएन’, उनले भने, ‘यो बन्दबस्तीमै व्यस्तताका कारणले उहाँको अनुपस्थिति हो ? वा अन्य कुनै अत्यन्तै महत्वपूर्ण कारण हो ? यसबारे संसदमा जानकारी गराउनु पर्दछ । संसद जान्न चाहन्छ ।’
नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले केही दिन अगाडि पार्टीको केन्द्रीय सचिवालयको बैठकमा उपाध्यक्ष बामदेव गौतमलाई प्रधानमन्त्रीमा प्रस्ताव गरेका थिए ।
ओलीको साही प्रस्तावप्रति संकेत गर्दै कांग्रेस नेता बडूले ओलीको उत्तराधिकारीका विषयमा सदनलाई जानकारी गराउन र संवैधानिक व्यवस्थाबारे बताउन माग गरेका हुन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया