तनाबमा रहेका मन्त्री ज्ञवालीले भारतीय राजदूतसँग भेट्दा प्रोटकल भुले
काठमाडौं । झण्डै दुईतिहाइको कम्युनिस्ट सरकारका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले आफ्नो प्रोटोकल भुलेर नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रासँग भेटवार्ता गरेको भनेर आलोचना भएको छ ।
परराष्ट्र मामिलाका जानकारहरूले भारतले नेपाली भूमि अतिक्रमण गरेको विषयमा विरोध जनाउन सोमबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा राजदूत क्वात्रालाई बोलाएर मन्त्री ज्ञवालीले ‘कूटनीतिक नोट’ दिनु पदीय मर्यादा विपरित रहेको बताएका छन् ।
परराष्ट्र मन्त्रालयका सचिवमार्फत परराष्ट्रमन्त्री ज्ञवालीले ‘कूटनीतिक नोट’ बुझाउनुपर्ने थियो । तर, मन्त्री ज्ञवालीले आफैले भारतीय राजदूत क्वात्रालाई कूटनीतिक नोट बुझाएर मर्यादा भुलेको आरोप लागेको छ ।
विदेशी राजदूतलाई परराष्ट्र मन्त्रीले भन्दा पनि परराष्ट्र सचिवले कूटनीतिक नोट बुझाउँदा राम्रो हुने टिप्पणी आएको छ । सचिवमार्फत सो कार्य गरेको भए प्रोटोकलअनुसार हुने उल्लेख गरिएको छ ।
प्रोटकलअनुसार काम गर्दा कर्मचारी तहबाट गल्ती हुँदा मन्त्रीको तहमा सच्चाउन सकिन्छ ।
तर, मन्त्रीले गल्ती गर्दा त्यो सच्चाउन क्याबिनेट या प्रधानमन्त्रीको तहमा पुग्नुपर्छ । यो विषयलाई मन्त्री ज्ञवालीले ख्याल गर्न नसक्दा आलोचित बनेका हुन् ।
भारतले लिपुलेकमा नेपाली भूमि अतिक्रमण गरेर १९ किलोमिटर लामो चीन जोड्ने सडक बनाएपछि नेपालमा भारतको विरोध हुँदै आएको छ ।
सोही विरोध जनाउँन परराष्ट्रमन्त्री ज्ञवालीले सोमबार भारतीय राजदूत क्वात्रासँग भेट गरी ‘कूटनीतिक नोट’ बुझाएको चर्चा छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया