सरकारले सक्दैन भने भारतसँग म वार्ता गर्छु, टोली बनाऔँः सुजाता कोइराला
काठमाडौं । नेपाली कांग्रेसकी सांसद एवम् केन्द्रीय सदस्य सुजाता कोइरालाले भारतसँग वार्ता गर्नका लागि संसदीय समितिले वार्ता टोली बनाउनुपर्ने प्रस्ताव गरेकी छिन् ।
संसद अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितको सोमबार सिंहदरबारमा बसेको बैठकमा कांग्रेस सांसद कोइरालाले कुटनैतिक पहलबाट नेपाल–भारतबीच रहेको सीमा विवाद मिलाउनुपर्ने बताइन् ।
उनले कालापानी, लिपुलेकसहित लिम्पियाधुराका बारेमा भारतसँग वार्ता गर्नका लागि आफ्नो नेतृत्वमा वार्ता टोली गठन गर्न सुझाव दिइन् । उनले भनिन्, ‘वार्ता टोलीको जिम्मेवारी दिने हो भने मैले भारतसँग कुरा गर्न सक्छु । कुरा पनि मिलाउन सक्नु होला । चीनसँग पनि कुरा गर्नुपर्छ ।’
गठन गरिने वार्ता टोलीमा सबै दलका प्रतिनिधि हुने उनले बताएकी छिन् । कांग्रेस नेतृ कोइरालाले आफूले बोल्दै नबोलेका कुरालाई सञ्चारमाध्यमले लेखेको भनेर असन्तुष्टि जनाइन् ।
केही संचारमाध्यममा आफूले कालापानी भारतलाई दिनुपर्छ भनेको समाचार आएको भन्दै उनले ६ महिना अगाडि भारतलाई कालापानी पाँच वर्षका लागि भाडामा दिनुपर्छ भनेको भएपनि अब सो प्रस्तावको औचित्य सकिएको बताइन् ।
सांसद कोइरालाले नेताहरूबाट चर्को राष्ट्रवादी भाषण मात्र हुने गरेको तर समाधानको उपाय कसैले नदिने गरेको बताइन् ।
उनले पारवहनका लागि नेपालले भारतको सट्टा बंगलादेशलाई विकल्पका रुपमा हेर्नुपर्ने पनि बताइन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया