गगनका कुरा सुनेर लल्याङलुलुङ भए ईश्वर पोखरेल
काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले भारतलाई नेपालको एक ईञ्च भूमि नदिने बताएका छन् ।
संसदको आइतबार बसेको बैठकमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई प्रश्न सोध्ने क्रममा कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका थापाले भारतको हस्तक्षेप र अतिक्रमणको घोर भर्त्सना गरेका हुन् । उनले लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालको भएको भन्दै त्यसलाई कुनै पनि हालतमा नछाड्ने बताए ।
फागुन ५ गते लिपुलेकको भ्रमणका लागि नेपाली सेनाको हेलिकप्ट चढेर गएका उपप्रधान एवम् रक्षामन्त्री ईश्वर पोखरेलले त्यस बेला सरकारलाई के सुझाव दिएका थिए ? भनेर थापाले प्रश्न गरेका छन् । थापाको प्रश्न आउँदै गर्दा मुखमा मास्क लगाएका मन्त्री पोखरेल चुपचाप सुनेर बसेका थिए ।
‘केही समय अगाडि रक्षामन्त्रीज्यूले यो ठाउँको अवलोकन गर्नुभएको थियो । के त्यो तीर्थयात्रा थियो ?’, उनले उपप्रधान एवम् रक्षामन्त्री ईश्वर पोखरेललाई प्रश्न गर्दै भने, ‘थिएन भने उहाँले सरकारलाई के बताउनुभयो ? र, सरकारले त्योबीचमा के काम गर्यो ।’
‘भारतले त प्रष्ट भनि सक्यो । हामीले हाम्रो भू–भागमा बनाएका हौँ । र, अब संक्रमण सक्किएपछि तपाईहरूसँग छलफल तयार छौँ’, थापाले भनेका छन् ।
‘के नेपालले अब रिग्रेड मात्रै गरेर बस्ने वा हाम्रो भूमि तिमलाई प्रयोग गर्न दिँदैनौँ भनेर अब्जेक्ट गर्ने हो ?’, थापाको प्रश्न छ, ‘हाम्रो भूमिका एक ईञ्चपनि तलमाथि भयो भने नेपालले छाड्नेवाला छैन भनेर प्रष्टसँग भन्ने हो ? भारतको यो दादागिरि र चीनको न्यानो सहयोगको प्रतिरोध गर्न नेपाली कांग्रेस र सिङ्गो नेपाली जनता तयार छ ।’
‘सरकारले हामीबाट के सहयोगको अपेक्षा गरेको छ ? हामी जान्न चाहन्छौँ’, कांग्रेसका युवा नेता थापाले भनेका छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया