यी भीभीआईपीको अधिकांश सम्पत्ति पत्नीको नाममा कहाँबाट आयाे ? उठ्यो छानविनको माग

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको अधिकांश सम्पति पत्नी सरिता अधिकारीको नाममा रहेको खुलासा भएको छ ।

गभर्नर अधिकारीद्वारा सार्वजनिक भएको सम्पत्ति विवरणमा अधिकांश स्थानमा पत्नीको नाममा रहेको छ । विलासिताका सामान मात्रै अधिकारीले १४ लाखमा खरिद गरेको उल्लेख छ ।

घर, जमीन पनि पत्नी सरिताको नाममा रहेको छ । जमीन र सुन विवाह तथा बकसबाट आएको उल्लेख गरिएको छ ।

नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ३२ को उपदफा ३२(४) अनुसार गभर्नर अधिकारीले सम्पति विवरण सार्वजनिक गरेका हुन् ।

सार्वजनिक गरिएको विवरणअनुसार गभर्नर अधिकारीको अधिकांश सम्पति उनकी श्रीमति सरिताको नाममा देखिएपछि ठूलो प्रश्न उठेको छ । गभर्नर अधिकारीको सम्पत्ति धेरै देखिएपछि सम्पत्ति शुद्धीकरण विभाग र अख्तियारले छानविन गर्नुपर्ने आवाज उठ्न थालेको छ ।

अधिकारी परिवारसँग २७ तोला सुन रहेको छ भने करीव ९ लाख मूल्य बराबरको टोयोटा कार रहेको छ ।

त्यस बाहेक अन्य २ वटा मोटरसाइकल पनि छ । अधिकारीसँग बिभिन्न जिल्लाका १० ठाउँमा जमीन रहेको छ ।

उनीसँग १८ हजार रुपियाँ नगद मौज्दात रहेको छ । उनले मध्यतमोर जलविद्युत आयोजनालाई सेयर इन एडभान्स वापत ५० लाख रुपियाँ ऋण दिएका छन् ।

आफ्ना हितौसी निर्मल र केशवलाई ९ लाख रुपियाँ ऋण दिएका छन् । २ लाख ३६ हजार २ सय १३ कित्ता सेयर रहेको छ ।

उनीसँग नविल बैंक, हिमालयन बैंक, सिद्धार्थ, बैंक अफ काठमाण्डू, सनराइज, एभरेष्ट, मेगा लगायतका बैंक तथा वित्तिय संस्थाहरूमा सेयर रहेको छ ।

Published : Saturday, 2020 May 9, 10:18 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया