लिपुलेक सडकको विरोध भएपछि भारतद्वारा आरोपहरू अस्वीकार
काठमाडौं । भारतले उत्तराखण्डको पिथौरागढ जिल्लामा सडकको उद्घाटन गरेको जनाएको छ ।
भारतको विदेश मन्त्रालयले शनिबार विज्ञप्ति जारी गरेर पिथौरागढ जिल्लामा सडक बनाएको दाबी गरेको छ ।
‘हामीले भारतको सडकको उद्घाटन सम्बन्धी नेपालको परराष्ट्र मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्ति देख्यौं’, भारतको विज्ञप्तिमा भनिएको छ ।
‘उत्तराखण्ड राज्यको पिथौरागढ जिल्लामा भर्खरै उद्घाटन गरिएको सडक खण्ड पूर्ण रूपमा भारतको इलाकामा अवस्थित छ’, भारतले दाबी गरेको छ ।
‘सडक कैलास मानसरोवर यात्राका तीर्थयात्रीहरूले प्रयोग गरेको पूर्व अवस्थित मार्ग अनुसरण गर्दछ’, भारतले भनेको छ ।
‘हालको परियोजना अन्तर्गत, तीर्थयात्रा, स्थानीय र व्यापारीहरूको सहज र सुविधाको लागि उही सडक पक्का गरिएको छ’, विज्ञप्तिमा उल्लेख छ ।
‘भारत र नेपालले सबै सीमानाका मामिलाहरू सम्हाल्न संयन्त्र स्थापना गरेका छन्’, विज्ञप्तिमा भनिएको छ, ‘नेपालसँग सीमा रेखाचित्र अभ्यास चलिरहेको छ ।’
‘कूटनीतिक वार्ताबाट र नेपालसँगको हाम्रो घनिष्ट र मैत्री द्विपक्षीय सम्बन्धको भावनामा उल्लेखनीय सीमा समस्याहरूको समाधान गर्न भारत प्रतिबद्ध छ’, भारतद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
नेपालको भू–भाग लिपुलेक, कालापानी र लिम्पियाधुराका बारेमा केही नभनेको भारतले नेपालले दाबी गरेअनुसार कुनै पनि नेपाली भूमि मिचेको कुरा विज्ञप्तिमा अस्वीकार गरिएको छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया