भ्रष्टाचारका काण्डमा मात्रै भेटिन्छ कम्युनिस्ट सरकारः धनराज गुरुङ
काठमाडौं । नेपाली कांग्रेसका नेता धनराज गुरुङले भारतले लिपुलेक मिचेर चीन जोड्ने सडक बनाउँदा समेत कथित राष्ट्रवादी कम्युनिस्ट सरकार चुपचाप बसेको भन्दै आक्रोशित बनेका छन् ।
कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका नेता गुरुङले शनिबार ट्वीट गर्दै मुलुकको सीमा मिचिदा पनि सरकार चुपचाप बसेको भन्दै आपत्ति जनाएका हुन् ।
मुलुकको सिमाना भारतले मिच्दा पनि सरकार कहाँ भेटिन्छ ? भनेर प्रश्न गरेका छन् ।
‘सरकार कहाँ भेटिन्छ ? भारतले लिपुलेक मिच्दा भेटिन्न । चिनियाँ नागरिगले नेपाल प्रहरीलाई कुट्दा भेटिन्न’, गुरुङले भनेका छन्, ‘विदेशमा अलपत्र नेपालीले हारगुहार गर्दा भेटिन्न सरकार । असाहाय मजदूरले राहत माग्दा भेटिन्न सरकार । स्वास्थ्यकर्मीले उपकरण माग्दा भेटिन्न सरकार ।’
उनले भनेका कम्युनिस्ट सरकार भ्रष्टाचार काण्डमा मात्रै भेटिन्छ भनेर आलोचना गरेका छन् ।
शुक्रबार भारतले नेपाली भूमि लिपुलेक र कालापानी मिचेर सडक बनाइ उद्घाटन गरेपछि विरोध भइरहेको छ ।
कम्युनिस्ट सरकारले आफ्नो देशको भूमि भारतले मिच्दा समेत बोल्न सकेको छैन ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया