भारतले लिपुलेकमा सडक बनाएपछि कांग्रेसले माग्यो सरकारको जवाफ

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले भारतले नेपाली भूमि लिपुलेक हुँदै चीनको मानसरोवर जोड्ने सडक निर्माण गरेकोमा कम्युनिस्ट सरकारको धारणा मागेका छन् ।

कांग्रेस प्रवक्ता शर्माले लिपुलेक नेपालको भूमि हो भन्नेमा आफूहरू प्रष्ट रहेको उल्लेख गरेका छन् ।

लिपुलेक हुँदै भारतले मानसरोबर जोड्ने सडक उद्घाटन गरेको बारे उनले खड्गप्रसाद ओली नेतृत्वको कम्युनिस्ट सरकारको धारणा मागेका हुन् ।

‘लिपुलेक नेपालको भूमि हो, हामी प्रष्ट छौं’, उनले भनेका छन्, ‘चीनको मानसरोबर जोड्न भारतले लिपुलेक हुँदै सडक उद्घाटन गरेको समाचारबारे नेपाल सरकारको धारणा चाहन्छौं ।’

कांग्रेसका प्रवक्ता शर्माले नेपाली भूमिबारे उच्चस्तरीय कुटनीतिक पहलमार्फत दीर्घालीन समाधान खोज्न सरकारको दायित्व रहेको बताएका छन् ।

भारतले नेपाली भूमि लिपुलेक हुँदै निर्माण गरेको सडक शुक्रबार उद्घाटन गरेपछि नेपालमा विरोध भइरहेको छ ।

Published : Saturday, 2020 May 9, 12:17 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया