संसद चलेकै दिन नेकपाका दुई सांसद र पूर्वआईजीपी खनाललाई पक्राउ गर्ने बाटो खुल्यो

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुई सांसदसहित नेपाल प्रहरीका पूर्वआइजीपी सर्वेन्द्र खनालविरुद्ध अपहरण तथा शरीर बन्धक अभियोगमा उजुरी दर्ता भएको छ ।

बुधबार उजुरी दर्ता भएपछि नेकपाका प्रतिनिधि सभाका सांसदद्वय महेश बस्नेत र किसान श्रेष्ठ तथा पूर्वआईजीपी खनाललाई पक्राउ गर्न प्रहरीलाई बाटो खुलेको छ ।

समाजवादी पार्टीका सांसद डा.सुरेन्द्र यादवको अपहरणमा संलग्न भएको अभियोगमा पूर्व आईजीपी खनालसहित सत्तारुढ नेकपाका सांसदद्वय बस्नेत, श्रेष्ठ तथा नवीन बस्नेतविरुद्ध शुक्रबार अपहरण कसुरमा उजुरी दर्ता भएको छ । नवीन बस्तेट गुणडा नाइके कुमार श्रेष्ठ ‘घैँटे’का पार्टर हुन् ।

अपहरण आरोपित चारैजनाले पीडित भनिएका सांसद डा.यादवसहित पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई र विश्वदीप पाण्डेविरुद्ध साईबर अपराध अभियोगमा दिएको उजुरी पनि परिसरमै मुद्दा दर्ता भएको छ ।

वैशाख १० गते राति महोत्तरीबाट पूर्वआइजीपी खनाल तथा सांसदद्वय बस्नेत र श्रेष्ठ तथा अर्का व्यक्ति नवीन बस्नेतले जबर्जस्ती यादवलाई काठमाडौं ल्याएका थिए ।

काठमाठौं सरकारी वकिलका कार्यालयमा अपहरण तथा शरीर बन्धक अपराधमा मुद्दा दर्ता भएका थियो ।

सरकारी वकिलको कार्यालयले त्यही मुद्दा अनुसन्धानका लागि शुक्रबार काठमाडौं प्रहरीलाई पठाएको छ ।

परिसरका प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले पूर्वआइजीपी खनालसहित चारजना विरुद्ध अपहरण तथा शरीर बन्धक अभियोगमा मुद्दा दर्ता भएकोले अनुसन्धान अघि बढाइएको बताए ।

अपहरणकारी भनिएका चारैजनाका तर्फबाट पीडित भनिएका डा.यादव, पूर्वप्रधानमन्त्री डा.भट्टराई र पाण्डेविरुद्ध पनि साइबर अपराधको कसुरमा मुद्दा दर्ता भएको एसएसपी ज्ञवालीले बताएका छन् ।

प्रहरीले पूर्वआइजीपी खनाल र सांसदद्वय बस्नेत र श्रेष्ठ विरुद्धको मुद्दा दर्ता गर्न मानेको थिएन । संसद बैठक शुरु भएकै दिन सांसद र पूर्वआईजीपीविरुद्ध प्रहरीमा अपहरणको मुद्धा दर्ता भएको छ ।

त्यसपछि यादव मुद्दा लिएर सरकारी वकिल र राष्ट्रिय मानवअधिकार आयोग पुगेका थिए ।

आफ्नो मानहानी गरेको भन्दै साइबर अपराधको कसुरमा यादवसहित ३ जनाविरुद्ध कारबाहीको माग गर्दै आयोग र सरकारी वकिलकै कार्यालयमा पुगेर उजुरी दर्ता गराएका थिए ।

Published : Friday, 2020 May 8, 8:45 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया