कम्युनिस्टहरू कुर्सीका लागि झगडा गरिरहेका बेला कांग्रेसले देखायो देश र जनताप्रति माया
काठमाडौं । झण्डै दुईतिहाइको कम्युनिस्ट सरकार आन्तरिक विवादमा परेका बेला नेपाली कांग्रेसले देशको आर्थ व्यवस्थामा चिन्ता जनाउँदै सरोकारलावा निकायसँग परामर्श गरेको छ ।
नेपाली कांग्रेसको संसदीय दलले बुधबार ललितपुरको सानेपास्थित पार्टी मुख्यालयमा पूर्वअर्थमन्त्री, उद्योग र व्यवसायीहरूसँग मुलुकको अर्थतन्त्रका विषयमा परामर्श गरेको हो ।
कांग्रेस सभापति शेरबहादुर देउवा, छायाँ अर्थमन्त्रालय हेर्ने जिम्मेवारी पाएका सांसद डा.मीनेन्द्र रिजालसहितका नेताहरूले उद्योगी र व्यवसायीहरूसँग छलफल गरेका हुन् ।
कोरोना भाइरसको संक्रमण रोकथामका लागि लकडाउन भएको छ । लकडाउनले उद्योगी र व्यवसायीका साथै मजदुरहरू समस्यामा परेको भन्दै उपयुक्त विकल्प अपनाउन सुझाव दिइएको छ ।
लकडाउन यसै गरी बढेर जाने हो भने देशको अर्थतन्त्र नराम्रोसँग संकटमा पर्ने उनीहरूले बताएका छन् ।
अब आउने नयाँ बजेटमा लकडाउन र कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि राम्रा कार्यक्रमहरू राख्न सुझाव दिइएको छ ।
कम्युनिस्ट सरकारका प्रधानमन्त्री खड्गप्रसाद ओली आफ्नो कुर्सी बचाउन दैनिक सरह आन्तरिक परामर्शहरूमा छन् । उनलाई नेकपाकै नेताहरूले तनाब दिइरहेका छन् ।
बजेट जेठको १५ गते ल्याउनुपर्नेछ । त्योभन्दा अगाडि नीति तथा कार्यक्रम आउनेछ ।
अर्थमन्त्री डा.युवराज खतिवडाले तयारी गरेका छन् । तर, तयारी पर्याप्त नभएको भन्दै गुनासाहरू आइरहेका बेला कांग्रेसले मुलुकको अर्थतन्त्रप्रति चिन्ता जनाउँदै परामर्श गरेका छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया