उदयपुरका छ जनालाई कोरोना निको भयो

काठमाडौं । उदयपुर जिल्लाका कोरोनाभाइरसको संक्रमित छ जनालाई निको भएको छ ।

उदयपुरमा २८ जनालाई कोरोना भाइरसको संक्रमण भएको थियो । तीमध्ये ६ जनालाई निको भएको जनाइएको छ । उनीहरूको विराटनगरस्थित कोशी कोरोना विशेष अस्पतालमा उपचार भइरहेको थियो ।

दोस्रो पटक पीसीआर परीक्षण गर्दा ६ जनाको रिपोर्ट नेगेटिभ आएको अस्पतालले जानकारी दिएको छ । निको भएका छ जनालाई बुधबार बिहान डिस्चार्ज गर्ने तयारी गरिएको अस्पतालले जनाएको छ ।

यी छ जनासहित कोरोना जितेर अस्पतालबाट डिस्चार्ज हुनेको संख्या २२ पुगेको छ । नेपालमा हालसम्म कुल ८२ जनामा कोरोना संक्रमण देखिएको छ ।

Published : Tuesday, 2020 May 5, 8:36 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया