लकडाउनको समय थप्न सरकारलाई समितिको सिफारिस
काठमाडौं । कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले सरकारलाई लकडाउन बढाउन सिफारिस निर्णय गरेको छ ।
मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले लकडाउनलाई थप गर्ने निर्णय गरेको हो । समितिको सिफारिसअनुसार सरकारले लकडाउनको समय थप गर्नेछ ।
बैठकमा प्रधानमन्त्री खड्गप्रसाद ओलीका मन्त्री र सदस्यहरूको सहभागिता रहेको थियो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायणप्रसाद बिडारीले लकडाउनलाई बढाउन सिफारिस गर्ने निर्णय गरेको जानकारी दिए ।
उनले संक्रमणको जोखिम अझै नसकिएको र नियन्त्रणका लागि सरकारले लिएको लकडाउनको नीति ठीक भएको बताए ।
Published : Tuesday, 2020 May 5, 8:27 pm
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया