भारतबाट कपिलवस्तु हुँदै नेपाल छिर्न खोजे एक सय ५० भन्दा धेरै मान्छेहरू
तौलिहवा । लकडाउन जारी रहेका बेला कपिलवस्तु जिल्लामा भारतबाट एक सय ५० जनाभन्दा धेरै व्यक्तिहरू नेपाल प्रवेश गर्न लागेका छन् ।
मंगलबार भारतबाट ती नेपालहरू नेपाल प्रवेशका लागि दशगजाको नेपाली भू–भागमा आएर बसेका छन् ।
भारतबाट सीमा सुरक्षा बल एसएसबीले नेपालीहरूलाई क्वारेन्टाइनमा राख्नुको साटो नेपालतिर पठाइदिएपछि कपिलवस्तुमा जोखिम बढेको हो ।
नेपाल प्रवेशको तयारीमा रहेका ती व्यक्तिहरूलाई क्वारेन्टाइनमा राख्नुपर्ने स्थानीयले माग गरेका छन् । उनीहरूलाई समयमा क्वारेन्टाइनमा नलग्ने हो भने मंगलबार राति भागेर नेपाल भित्रिने स्थानीयको भनाइ छ ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् प्रतिनिधि सभाका सांसद अतहर कमाल मुसलमानले भारतबाट नेपाल प्रवेशको तयारीमा रहेका ती सबैलाई क्वारेन्टाइनमा राखेर मात्रै गन्तव्यमा जान दिने व्यवस्था गर्न माग गरेका छन् ।
भारतसँग सिमाना जोखिएको कपिलवस्तु जिल्लाको खुनुवा, कृष्णानगर, चाकरचौडा, हर्दौना, कुसाहवा, रंगपुर, दोहनी लगायतका स्थानबाट ती नागरिकहरू नेपाल प्रवेशको तयारीमा रहेका स्थानीयले बताएका छन् ।
ठूलो संख्यामा कपिलवस्तका विभिन्न स्थानबाट भारतबाट आएका ती व्यक्तिहरू प्रवेश गर्न खोजेपछि स्थानीयहरू त्रसित बनेका छन् ।
स्थानीयहरूले भारतबाट नेपाल प्रवेश गर्न खोजेका ती व्यक्तिहरूलाई क्वारेन्टाइनमा राख्नका लागि भारततिरै पठाउन माग उठेको छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया