कम्युनिस्टलाई मात्रै राहत बाँडेपछि मिर्चैयामा झडप, बिदभेदकारी बने वडाध्यक्ष र डीएसपी
मिर्चैया । सिरहा जिल्लामा राहत वितरणमा मिर्चैया नगरपालिका वडा नम्बर ७ फूलबरिया का वडाध्यक्ष रामकुमार यादवले भेदभाव गरेपछि झडप भएको छ ।
सोमबार भएको झडपमा ईलाका प्रहरी कार्यालय मिर्चैयाका डीएसपी सन्तुप्रसाद जयसवारसहित चार जना घाइते भएका छन् । झडप नियन्त्रणमा लिन प्रहरीले १३ राउण्ड हवाइ फायर गरेको छ ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थानीय नेता समेत रहेका वडाध्यक्ष यादवले राजनीतिक पूर्वाग्रह राखेर नेकपाका कार्यकर्तालाई मात्रै राहत वितरण गरेपछि स्थानीय सर्वसाधारण र दलित समुदायले विरोध जनाएका थिए । उनीहरूले आफूहरूलाई पनि राहत दिनुपर्ने माग गरेका थिए ।
स्थानीयहरूले डीएसपी जयसवार वडाध्यक्ष यादबसँग मिलेर आफूहरूमाथि बल प्रयोग गरेको आरोप लगाएका छन् । डीएसपी जयसवारले समेत आफूहरूलाई भेदभाव गरेर बल प्रयोग गरेको स्थानीयको भनाइ छ ।
झडप नियन्त्रणमा लिन प्रहरीले ९ राउण्ड हवाई फायर र ३ राउण्ड आश्रग्याँस प्रहरी गरेको जनाइएको छ ।
झडपमा परी ईलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायव उपरीक्षक (डीएसपी) जैसवालसहित ४ जना घाइते भएका छन् ।
झडप नियन्त्रण गर्न प्रहरीको टोलीसहित पुगेका डीएसपी जैसवारको हातमा सामान्य चोट लागेको छ ।
घाइते तीन जनाको मिर्चैयास्थित अस्पतालमा उपचार भइरहेको छ ।
वडाध्यक्ष यादवले प्रहरीको संरक्षणमा नेकपाका कार्यकर्ताहरूलाई मात्रै राहत वितरण गरेका थिए ।
राजनीतिक पूर्वाग्रही भएर राहत नदिएपछि वडाध्यक्ष यादवसहितका जनप्रतिनिधिमाथि स्थानीयले ढुंगामुडा गरेका थिए । स्थानीयले वडा कार्यालयमा धर्ना समेत दिएका थिए ।
वडाध्यक्ष यादवसहित जनप्रतिनिधिमाथि स्थानीयहरूले ढुंगामुडा गरेपछि झडप भएको डीएसपी जैसवारले बताएका छन् ।
स्थिति नियन्त्रण बाहिर जान खोजेपछि ९ राउण्ड हवाई फायर र ४ राउण्ड आश्रुग्याँस प्रहार भएको डीएसपी जैसवारले बताएका छन् ।
हवाई फायर र अश्रुग्याँस प्रहार गरेर भिडलाई तितरवितर पारिएको सिरहाका प्रहरी प्रमुख एसपी उमाप्रसाद चतुर्वेर्दीले जानकारी दिएका छन् ।
यसअघि विभिन्न राजनीतिक दलका स्थानीय प्रतिनिधिसहित स्थानीयहरूले वडा कार्यालय घेराउ र कार्यालयमा धर्नासमेत दिएका थिए ।
https://www.facebook.com/republicadainik2/videos/757519968114342/
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया