नेकपा प्रवेश गरेका वडाध्यक्षको पद कांग्रेस उडाइदियो
बैतडी । बैतडी जिल्लाको डिलासैनी गाउँपालिका वडा नम्बर ७ का वडाध्यक्ष प्रेमसिंह धामीको पद निर्वाचन आयोगले खारेज गरिदिएको छ ।
पद रिक्त हुँदा पनि धामीले अध्यक्षकै रूपमा काम गरिरहेको खुलासा भएको छ ।
निर्वाचन आयोगको गत चैत ६ गतेको निर्णयले धामीलाई पदमुक्त गरेको थियो । धामीले अहिले पनि वडाध्यक्षकै रूपमा काम गरिरहेका छन् ।
आयोगको निर्णयका बारेमा गाउँपालिकालाई कुनै जानकारी प्राप्त नभएको डिलासैनी गाउँपालिकाका प्रवक्ता अक्कलबहादुर रानाले बताएका छन् ।
धामी २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट निर्वाचित भएका थिए । पछि उनी कांग्रेस परित्याग गरी नेकपामा प्रवेश गरेका थिए ।
धामीले नेकपामा प्रवेश गरेपछि नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिले धामीले दल त्याग गरेको बारेमा निर्वाचन आयोगलाई जानकारी गराएको थियो ।
आयोगले डिलासैनी गाउँपालिका–७ मा वडाध्यक्षको पद रिक्त रहेको जानकारी दिएको छ ।
डडेल्धुराको परशुराम नगरपालिका–१० की महिला वडासदस्य जानकीदेवी महराले समेत दल त्याग गरेपछि स्वतः पदमुक्त भएको निर्वाचन आयोगद्वारा जारी सूचनामा उल्लेख गरिएको छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया