अपहरित सांसद डा.यादवको पाँचतारे होटेलबाट उद्धार

काठमाडौं । जनकपुरबाट अपहरणमा परेको भनिएका तत्कालीन समाजवादी पार्टीका प्रतिनिधि सभाका सांसद डा.सुरेन्द्र यादवको काठमाडौंको एक होटेलबाट उद्धार गरिएको छ ।

डा.यादवलाई सरकारका सबै निकाय लागेर जनकपुरबाट अपहरण गरी काठमाडौं ल्याएको समाजवादी पार्टीले आरोप लगाएको थियो । यो अभियानमा प्रधानमन्त्री खड्गप्रसाद ओली नै लागेको आरोप छ ।

काठमाडौंको नागपोखरीस्थित पाँच तारे होटेल मेरिटबाट सांसद डा.यादवलाई बिहीबार बिहान उद्धार गरिएको डा.बाबुराम भट्टराईका सहयोगी विश्वदीप पाण्डेले जानकारी दिएका छन् ।

‘हिजो बेलुका कसरी अपहरण भयो, प्रशासनबाट के–के दुःख भोग्नुपर्‍यो, प्रधानमन्त्रीले राति फोनमा के भन्नुभो ?’, पाण्डेले फेसबुकमा लेखेका छन्, ‘बिहान होटलबाट कसरी भागे भनेर विस्तृतमा सुनाउँदै डा.सुरेन्द्र यादवजी ।’

पार्टी विभाजनमा डा.यादवले अस्वीकार गरेका छन् । उनले पार्टी विभाजनमा अस्वीकार गरेपछि जनकपुरबाट अपहरण गरिएको पाण्डेले बताए ।

तत्कालीन समाजवादी पार्टीकी नेतृ रेणु यादव, सांसद मोहम्मद ईस्तियाक रायनलाई प्रधानमन्त्री ओलीको निर्देशनमा पाँचतारे होटेल मेरिटमा राखिएको डा.भट्टराईका सहयोगी पाण्डेले बताएका छन् ।

Published : Thursday, 2020 April 23, 9:03 am

फेसबुकबाट तपाईको प्रतिक्रिया