कम्युनिस्टको योजनामा रेणु यादवको समूहद्वारा पार्टी फुटाउने निर्णय
काठमाडौं । समाजवादी पार्टी र राजपा नेपालवीच पार्टी एकीकरण भएको केही क्षणमै बालुवाटारको योजनामा अर्को दल जन्मिएको छ ।
समाजवादी पार्टीका आठ जना सांसदहरू रहेको दल जन्मिएको हो । काठमाडौंको बानेश्वरमा बुधबार राति बसेको बैठकले नयाँ दल गठन गर्ने निर्णय गरेको स्रोतले जनाएको छ ।
नयाँ दलको अध्यक्ष रेणु यादव रहनेछिन् । नयाँ दलको नाम भनिएको छैन ।
यो दललाई कम्युनिस्ट सरकारका प्रधानमन्त्री खड्गप्रसाद ओलीको साथ र समर्थन रहेको जनाइएको छ ।
साजवादी पार्टी फुटाउनकै लागि राजनीतिक दलसम्बन्धी अध्यादेश जारी गरिएको थियो ।
समाजवादी पार्टीका सांसद डा.सुरेन्द्र यादवलाई जनकपुरबाट अपहरण गरेर बालुवाटारसम्म ल्याइएको आरोप समाजवादीका नेताहरूको छ ।
रेणु यादव नयाँ पार्टीको अध्यक्ष रहनेछिन् । मोहम्मद ईस्तियाक राइन, डा.सुरेन्द्र यादव, विमल श्रीवास्तव, प्रदीप यादव, उमाशंकर अरगरिया, कलुदेवी विश्वकर्मा र रेणुका गुरुङ नयाँ पार्टीमा रहने स्रोतले जनाएको छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया