उपेन्द्र यादवको पार्टी फुटाउने ओलीको योजनामा धक्का, मध्यराति जन्मियो नयाँ दल

काठमाडौं । कम्युनिस्ट सरकारले पार्टी विभाजन गर्न अध्यादेश ल्याउनेदेखि सांसद अपहरण गर्ने जस्ता हर्कत गरेकै बेला समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी नेपालवीच पार्टी एकीकरण गर्ने सहमति भएको छ ।

बुधबार मध्यराति उपेन्द्र यदव नेतृत्वको समाजवादी पार्टी र राजपा नेपालवीच पार्टी एकीकरण गर्ने सहमति भएको छ ।

काठमाडौंमा बुधबार राति करिव साढे ११ बजेतिर भएको सहमतिअनुसार नयाँ पार्टीको नाम ‘जनता समाजवादी पार्टी नेपाल’ रहनेछ ।

प्रधानमन्त्री खड्गप्रसाद ओलीले समाजवादी पार्टीलाई फुटाउन खोजेका थिए । यो एकीकरणले पार्टी फुटाउने ओलीको योजनामा धक्का लागेको छ ।

Published : Wednesday, 2020 April 22, 11:31 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया