कम्युनिस्ट सरकार अधिनायकवादतिर फुरफुर गर्न थालेपछि कांग्रेसले बोलायो बैठक
काठमाडौं । झण्डै दुईतिहाइको खड्गप्रसाद ओली नेतृत्वको कम्युनिस्ट सरकारले लकडाउनका बेला दुई वटा अध्यादेश ल्याएपछि सो विषयमा छलफल गर्न नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ ।
राजनीतिक दल र संवैधानिक परिषदसम्बन्धी दुई वटा अध्यादेश ओली सरकारले जारी गरेपछि प्रमुख विपक्षी दल नेपाली कांग्रेससहितका दलहरूले चर्को विरोध गर्दै आएका छन् ।
कांग्रेसले सो विषयमा धारणा बनाउन र कसरी अगाडि बढ्ने भन्नेबारे रणनीति बनाउन वैशाख वैशाख १७ गते बुधबार दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बैठक बोलाइएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जनाएका छन् ।
नेपाली कांग्रेसले ओली सरकार अधिनायकवादतिर उन्मुख भएको भन्दै आलोचना गर्दै आएको छ । कांग्रेसले दुबै अध्यादेश फिर्ता लिन कम्युनिस्ट सरकारलाई दवाव दिँदै आएको छ ।
कांग्रेसले कोरोना भाइरसको संक्रमणविरुद्ध एक भएर सामना गर्ने बेला कम्युनिस्ट सरकारले दुई वटा अध्यादेश ल्याएर राजनीतिक अस्थिरता र संवैधानिक परिषदलाई प्रमुख विपक्षी दल विहीन बनाउन खोजेको आरोप लगाउँदै आएको छ ।
कांग्रेसले संसदमा प्रतिनिधित्व गर्ने चार दलको सर्वदलीय बैठक बोलाएर कम्युनिस्ट सरकारको हर्कतको विरोध गरिसकेको छ ।
संसदको बैठक बोलाउन पनि कांग्रेससहितका चार दलले माग गरेका छन् । उनीहरूले लकडाउनका कारण समस्यमा परेका जनताको उद्धार र दैनिक जीविकोपार्जन गर्न राहत वितरण नगरेको भन्दै आक्रोश पोख्दै आएको छ ।
कांग्रेसले लकडाउनमा परेर समस्या भोगिरहेका मजदुर र अति विपन्नलाई राहत वितरण तथा घर जान खोज्नेलाई घर जाने व्यवस्था गर्न माग गर्दै आएको छ । सरकारले ती जनताको समस्यामा ध्यान नदिएर बेमौसमको बाजा बजाउँदै आएको कांग्रेसले जनाएको छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया