सरकारले कोरोनाविरुद्ध काम गर्न नसकेपछि एक भए कांग्रेसहित ठूला दल, अधिनायकवादको सामना गर्ने
काठमाडौं । नेपाली कांग्रेससहिता चार राजनीतिक दलले कोरोना संक्रमणको कारण लकडाउनको अवस्थामा देश रहेको र यसका कारण आम जनता खाद्यान्न लगायतका न्यूनतम आवश्यकताहरूबाट पनि विस्तारै वञ्चित हुँदै गएको जनाएका छन् ।
ललितपुरको सानेपास्थित नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा बुधबार बसेको सर्वदलीय बैठकले खड्गप्रसाद ओली नेतृत्वको कम्युनिस्ट सरकारका राहत, उद्धार र कोरोना संक्रमणका सम्भावितहरूलाई दु्रत गतिमा जाँच र स्वास्थ्य सेवाबाट वञ्चित गराएको आरोप लगाएको हो ।
नागरिकहरूप्रति संवेदनशील नभएको मात्र होइन, पक्षपात र भेदभावपूर्ण तरिकाबाट प्रस्तुत भएकाप्रति सर्वदलीय बैठकले कम्युनिस्ट सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ ।
संसदमा प्रतिनिधि गर्ने दलहरूको बैठकले राजनीतिक दल, नागरिक समाज र आम नेपाली दिदीबहिनी दाजुभाइहरूमा सरकारको अधिनायकवाद उन्मुख कदमहरूप्रति थप चनाखो भई सरकारका लोकतन्त्र विरोधी र जनविरोधी कामहरूका विरुद्धमा सचेत र जागरुक हुन अपील गरेको छ ।
कांग्रेससहितका चार दलले संघीय संसद बाहिर रहेका राजनीतिक दलहरू र नागरिक समाजसँग पनि थप अन्तरक्रिया र छलफल गर्ने निर्णय गरेका छन् ।
लकडाउनको अवस्थामा त्यसको सीमाभित्र रहेर सरकारको यो अलोकतान्त्रिक कदमको विरुद्धमा जनमत सिर्जना गर्न निरन्तर क्रियाशील रहने र लकडाउनपछि सरकारको निरंकुश र जनविरोधी कदमविरुद्ध आवश्यक कदम उठाउन बाध्य हुने उनीहरू चेतावनी सरकारलाई दिएको बैठकपछि जारी संयुक्त विज्ञप्तिमा उल्लेख छ ।
बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)का संयोजक शरतसिंह भण्डारी, समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पशुपति शम्शेर राणा सहभागी थिए ।
नेपाली कांग्रेसको आग्रहमा आज नेपाली कांग्रेस केन्द्रीय कार्यालयमा संघीय संसदमा प्रतिनिधित्व गर्ने नेपाली कांग्रेस पार्टी, राष्ट्रिय जनता पार्टी, समाजवादी पार्टी, र राष्ट्रिय प्रजातन्त्र पार्टीका शीर्ष नेताहरुको बैठक बस्यो । उक्त बैठकमा निम्नानुसार उपस्थिति थियो ।
बैठकमा कांग्रेसबाट वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापतिद्वय विमलेन्द्र निधि र विजयकुमार गच्छदार, महामन्त्री पूर्णबहादुर खड्का, सहमहामन्त्री डा. प्रकाशशरण महत, केन्द्रीय सदस्य गोपालमान श्रेष्ठ, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, प्रमुख सचेतक बालकृष्ण खाँण, प्रवक्ता विश्वप्रकाश शर्मा र राष्ट्रिय सभामा कांग्रेसको संसदीय दलका नेता राधेश्याम अधिकारीको सहभागिता रहेको थियो ।
राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)बाट अध्यक्षमण्डलका सदस्य महन्थ ठाकुर, राजेन्द्र महतो, महेन्द्र यादवको सहभागिता रहेको थियो । समाजवादी पार्टीबाट डा.बावुराम भट्टराई, अशोक राई र राजेन्द्र श्रेष्ठको सहभागिता रहेको थियो ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया