भारतले नेपाललाई निःशुल्क दियो २३ टन कोरोनाविरुद्ध प्रयोग हुने औषधि
काठमाडौं । नेपाललाई भारतले कोरोना भाइरसविरुद्ध लड्नका लागि २३ टन अत्यावश्यक औषधि प्रदान गरेको छ ।
काठमाडौंस्थित स्वास्थ्य मन्त्रालयमा बुधबार आयोजित विशेष समारोहमा नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त नेपाललाई २३ टन औषधि हस्तान्तरण गरेका हुन् ।
भारतका जनताको तर्फबाट नेपालका जनताका लागि उपहार स्वरुप औषधिसहितका स्वास्थ्य सामग्री उपलब्ध गराइएको विज्ञप्तिमा उल्लेख छ ।
औषधिहरूमा पारासिटामोल ३.२ लाख डोज रहेको छ । हाईड्रोक्सीक्लोरोक्वीन २.५ लाख डोेज नेपाललाई भारतले निःशुल्क दिएको छ ।
कुल ८.२५ लाख डोज अत्यावश्यक औषधिहरू रहेको भारतीय राजदूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
‘कोरोना भाइरसको संक्रमणविरुद्ध लड्न र जनतालाई सुरक्षित राख्न हाम्रा नेताहरूले प्रतिबद्धता जनाएका छन्’, राजदूत क्वात्राले भने ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले चैत २ गते सार्क राष्ट्रका नेताहरूसँग भिडियो कन्फरेन्समा कोरोना भाइरसको संक्रमणविरुद्ध आपतकालीन कोषमा १० मिलियन अमेरिकी डलर प्रदान गर्ने वाचा गरेका थिए । उनले सबै छिमेकी मुलुकहरूलाई सहयोग गर्ने जनाएका थिए ।
भारत र नेपाली स्वास्थ्यकर्मीहरू कोरोना भाइरसको संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि आपसी सहकार्यमा प्रयत्न गरिरहेका छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया