गृहसचिव न्यौपाने बालुवाटारकाे आसेपासेका गोटी बन्दा प्रहरीको शिर निहुरियो
काठमाडौं । नेपाल प्रहरीका १९ जना एसएसपीहरूको बढुवामा गृहसचिव महेश्वर न्यौपानेले प्रधानमन्त्री खड्गप्रसाद ओलीको गोटी बनेर जुनियर एसपीलाई बढुवा गरेपछि प्रहरीभित्र भद्रगोल मच्चिएको छ ।
शनिबार दिउँसो प्रहरी प्रधान कार्यालयमा बसेको बढुवा समितिको बैठकमा सचिव न्यौपानेले २०७३ पुसमा बढुवा भएका कनिष्ट एसपी चन्द्रकुवेर खापुङलाई बढुवाको सूचीमा नाम समावेश गर्न प्रहरी महानिरीक्षक (आइजीपी) ठाकुर ज्ञवालीलाई दबाब दिएका थिए ।
आइजीपी ज्ञवालीले सिनियर एसपीहरूलाई नै प्राथमिकता दिनुपर्ने बैठकमा कुरा उठाएपछि सचिव न्यौपाने उठेर हिंडेका थिए ।
स्रोतका अनुसार सचिव न्यौपानेले १०१औं ब्याच, १ सय ८औैं ब्याचदेखि १ सय १०औं ब्याचका सिनियरलाई उछिनेर २०७३ पुसमा बढुवा भएका एसपी खापुङलाई प्रधानमन्त्री कार्यालयबाट आएको नामभन्दै बढुवा गर्ने अड्डी कसेपछि आइजीपी ज्ञवालीले ‘म एकपटक प्रधानमन्त्रीसँग कुरा गरेर निर्णय गरौँ’भन्दै बैठक नै रोकेका थिए ।
कनिष्ट एसपी खापुङको छवि राम्रो मानिंदैन । महानगरीय प्रहरी बृत्त दरबारमार्गको डीएसपी हुँदा प्रशान्त शर्मा नाम गरेका व्यक्तिलाई कलडिटेल उपलब्ध गराएको आरोपमा खापुङलाई कारबाही स्वरुप तत्कालीन आइजीपी उपेन्द्रकान्त अर्यालले तानेका थिए ।
शर्माबाट घुस लिएर खापुङले कल डिटेल दिएको पुष्टि भएपछि उनलाई तानिएको थियो । बागलुङमा डीएसपी हुँदा पनि खापुङ छोटो समयमै तानिएका थिए ।
बढुवामा खापुङभन्दा सिनियर र क्षमतावन एसपीहरू बढुवामा छुटेका छन् ।
एसपीहरू अर्जुन चन्द ठकुरी, चक्रबहादुर सिंह, सुरेन्द्र मैनाली, कृष्णकुमार महत, उमाशंकर पञ्जियार, जनक पाण्डे लगायत छुटेका छन् । जुनियर खापुङ एसपी भएको तीन वर्ष मात्र भएको छ । एसपीमा उनले कतै पनि इन्चार्ज भएर काम गरेका छैनन् ।
खापुङजस्ता कार्यक्षमतामा निकै कमजोर मानिने जुनियर एसपीलाई बढुवा गर्ने सचिव न्यौपानेको गलत दवाव र हर्कतले प्रहरी अधिकारीहरुरूमा ठूलो नैराश्यता छाएको छ ।
खापुङलाई बढुवा गर्न पूर्व गृहसचिव प्रेमकुमार राईले पनि गृहसचिव न्यौपानेलाई दबाब दिएको स्रोतको दाबी छ ।
पूर्व आईजीपी सर्वेन्द्र खनालको पालामा पनि खापुङलाई बढुवा गर्न तत्कालीन गृहसचिव राईले दबाब दिँदा प्रहरीमा सिस्टम बिग्रनेभन्दै तत्कालीन आईजीपी खनालले मानेका थिएनन् ।
स्रोतका अनुसार आइजीपी ज्ञवालीले नमानेपछि पूर्व गृहसचिव राई र सचिव न्यौपानेले बालुवाटारबाट दबाब दिन लगाइ खापुङलाई बढुवा गर्न सफल भएका छन् ।
खापुङ र राई एउटै जिल्लाबासी हुन् । राई अख्तियारको सचिव छँदा न्यौपानेबिरुद्ध परेको अकुत सम्पत्तिको मुद्धालाई छानविन नै नगरी तामेलीमा राखेर गुन लगाएका थिए ।
जुन गुन अहिले गृहसचिव न्यौपानेले तिरेको प्रहरीमा चर्चा छ ।
उद्योग विभागको महानिर्देशक छँदा न्यौपानेले एनसेल लाभकर, ट्रेडमार्क चोरीलगायतको प्रकरणमा करोडौँ लाभ लिएको भन्दै अख्तियारमा उजुरी परेको थियो ।
यता, तत्कालीन समयमा अख्तियारको सचिव रहेका बेला न्यौपानेका भाञ्जा सुजन पौडेलले प्रहरीमा मामाको नाम भजाउँदै बालुवा तस्करीदेखि ठेक्काको काम गर्न थालेको भन्दै विभिन्न संचारमाध्यममा समाचार छाएका थिए ।
न्यौपाने अख्तियारको सचिव छँदा २६ वर्षीय भाञ्जाले अख्तियारको आडमा धेरैलाई तर्साएर २५ करोडभन्दा धेरै सम्पत्ति आर्जन गरेको उनलाई चिन्नेहरू बताउँछन् ।
केही समय अघिमात्र गृहसचिव न्यौपाने बालुवाटारमा सात करोडभन्दा बढी मूल्य पर्ने बंगला निर्माण गरी सरेका छन् । उनको यो बंगला भञ्जाले नै बनाइदिएको चर्चा छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया