मस्जिदबाट ११ जनामा सर्यो कोरोनाको संक्रमण, सबै मुसलमान
काठमाडौं । उदयपुर जिल्लामामा ११ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ८ र टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा ३ जनामा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
नेपालमा कोरोना संक्रमितको संख्या ४२ पुगेको छ । ५ जना निको भएर घर फर्किएका छन् ।
उदयपुरमा देखिएका ११ संक्रमितमध्ये ८ जनालाई मंगलबार विराटनगरको कोरोना विशेष अस्पताल पठाइएको छ ।
शुक्रबाट जिल्लाको भुल्केस्थित एक मस्जिदमा रहेका १६ मध्ये १३ जनामा कोरोना संक्रमण देखिएको थियो ।
मस्जिदका संक्रमितसँग सम्पर्कमा आएका थप ११ जनामा कोरोना पोजेटिभ देखिएको हो ।
उदयपुरमा मात्र कोरोना संक्रमितको संख्या २४ पुगेको छ । ११ जना संक्रमित उदयपुर जिल्लाकै स्थानीय हुन् । उनीहरू पनि मुस्लिम समुदायकै छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया