शुक्रबार र शनिबार काठमाडौंबाट उपत्यका बाहिर जान पाइदैनः गृह
काठमाडौं । गृह मन्त्रालयले शुक्रबार र शनिबार दुई दिन काठमाडौं उपत्यकाबाट बाहिर जाने भनेर आएका समाचारको पछाडि नलाग्न अपील गरेको छ ।
गृह मन्त्रालयले बिहीबार साँझ विज्ञप्ति जारी गरेर काठमाडौंबाट उपत्यका बाहिर जान दिने भन्ने कुनै निर्णय नभएको जनाएको छ ।
‘काठमाडौं उपत्यकामा अलपत्र परेका नागरिकहरुलाई भोलि शुक्रबार र पर्सी शनिबार काठमाडौं उपत्यकाबाट बाहिर पठाउने निर्णय भएको भनी केही संचार माध्यममा प्रसारित समाचारप्रति यस मन्त्रालयको ध्यानाकर्षण भएको छ’, विज्ञप्तिमा भनिएको छ ।
‘काठमाडौं उपत्यकामा विभिन्न कारणले रोकिएका नागरिकहरूलाई उपत्यका बाहिर पठाउने सम्बन्धमा कुनै पनि निर्णय नभएको व्यहोरा सम्बन्धित सबैमा जानकारीका लागि अनुरोध छ’, गृह मन्त्रालयको सह–प्रवक्ता उमाकान्त अधिकारीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
यसअघि, मन्त्रिपरिषद् कार्यालयको कार्यालयको फेसबुक पेजमा शुक्रबार र शनिबार दुई दिन काठमाडौं उपत्यकाबाट बाहिर जान चाहनेलाई जान दिने भनेर उल्लेख गरिएको थियो ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया