शुक्रबार र शनिबार गाडी चल्ने, घर जान पाइने

काठमाडौं । लकडाउनका कारण काठमाडौं उपत्यकामा अलपत्र परेका सर्वसाधारणहरूलाई उपत्यका बाहिर जान दिने भएको छ ।

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा बसेको बैठकले शुक्रबार र शनिबार उपत्यका बाहिर जान दिने निर्णय गरेको हो । लकडाउनको अवधिभर उपत्यका भित्र भने आउन पाइनेछैन ।

चैत ११ गतेबाट लागू भएको लकडाउन लम्बिएपछि कतिपय मानिसहरू हिँडेरै गाउँ फर्किन थालेका छन् । विद्यार्थी तथा अनौपचारिक क्षेत्रमा काम गर्नेहरू गाउँ फर्किन चाहेका छन् ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्त नेम्वाङकाअनुसार काठमाडौं उपत्यकामा अलपत्र परेकाहरूलाई राजमार्गका विभिन्न स्टेशनहरुमा पु¥याइदिने निर्णय भएको छ ।

छोटो दुरीको हकमा कसरी जान दिने भन्ने तय भइसेको छैन । यसबारे गृह मन्त्रालयले गृहकार्य गरिरहेको एक अधिकारीले बताए । उपत्यका बाहिरबाट काठमाडौं आउन दिइने छैन ।

Published : Thursday, 2020 April 9, 3:48 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया