कोरोना संकटका बेला घरमा लुक्ने पाँच चिकित्सकहरूको जागिर गयो

बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा कार्यरत पाँच जना चिकित्सक बर्खास्तमा परेका छन् ।

कोरोना संक्रमण रोकथाम र उपचारमा खटिनुपर्ने कठिन परिस्थितिमा ड्युटीमा नआएको भन्दै ती पाँच जना चिकित्सकहरूलाई हटाइएको हो ।

अस्पतालको रेडियोलोजी विभागमा कार्यरत डा.बरदान वली र डा.ताराप्रसाद शर्मा, ईएनटी विभागका डा.प्रकाश न्यौपाने, युरोसर्जन डा.सुवासचन्द्र चौधरी र आकस्मिक विभागमा कार्यरत डा.प्रकृति कार्कीलाई सेवाबाट बर्खास्थ गरिएको छ ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा.राजेन्द्र खनालले अस्पताल प्रशासनलाई जानकारी नदिई ड्युटीमा हाजिर नभएपछि हटाइएको बताए ।

प्रदेश ५ का सामाजिक विकासमन्त्री सुदर्शन बरालको निर्देशनमा ती पाँच चिकित्सकहरूलाई बर्खास्त गरिएको डा.खनालले बताए । बर्खास्तमा चिकित्सकहरू करारमा नियुक्त भएका थिए ।

सुत्केरी, काजकिरिया, विरामी बाहेकका विदा स्वीकृत नगर्न र विना जानकारी सेवामा अनुपस्थित हुने चिकित्सक तथा कर्मचारीहरूलाई हटाउन निर्देशन दिएको मन्त्री बरालले बताएका छन् ।

Published : Wednesday, 2020 April 8, 2:50 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया