उद्धारका विषयमा कांग्रेस नेता शाहद्वारा गृहमन्त्री थापा र उत्तर प्रदेशका मुख्यमन्त्रीसँग सम्वाद
काठमाडौं । नेपाली कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य एवम् प्रतिनिधि सभाका सांसद अभिषेकप्रताप शाहले नेपाल आउन चाहने नेपालीहरू सिमानामा अलपत्र परेको विषयमा गृहमन्त्री रामबहादुर थापा र भारतको उत्तर प्रदेश मुख्यमन्त्री योगी आदित्यनाथसँग कुराकानी गरेका छन् ।
कांग्रेस नेता शाहले सिमानामा अलपत्र परेका नेपालीहरूको उद्धारका लागि गृहमन्त्री थापासँग आग्रह गरेका हुन् । नेता शाहले सोमबार गृहमन्त्री थापालाई फोन गरेर सिमानामा आएर अड्किएका नेपालीहरूको स्वास्थ्य चेकजाँच गरेर नेपाल आउन दिन आग्रह गरेका छन् ।
उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग कांग्रेस नेता शाहले मंगलबार दिउँसो फोनमा सम्पर्क गरेर नेपालीहरूको बसोबासमा उचित व्यवस्था गर्न आग्रह गरेका छन् ।
जवाफमा मुख्यमन्त्री योगी आदित्यनाथले कोरोना संक्रमणका कारण लकडाउनको अवस्था रहेको र सबै नेपालीहरूको खानपिन र बासको व्यवस्था गर्न आफू सक्रिय भएर लागेको बताएको नेता शाहले जानकारी दिए ।
‘उत्तर प्रदेशमा रहेका सबै नेपालीहरूलाई खानपिन र बासको व्यवस्था गरेको छु । उहाँहरू बस्न नै मान्नु हुन्न’, योगी आदित्यनाथसँगको फोन सम्वादको जानकारी दिँदै कांग्रेस नेता शाहले भने, ‘लकडाउनका समयभरि जहा जहाँ नेपालीहरू छन्, त्यहीँ आफ्नै स्थानमा बसे भने खानपिनको व्यवस्था गर्छु ।’
नेपाली कांग्रेसका युवा नेता शाहले सिमानामा आएर बसेका नेपालीहरूलाई छिटोभन्दा छिटो आफ्नो देशभित्र प्रवेश गर्न दिनुपर्ने बताए । देशमा प्रवेश दिँदै गर्दा उच्च स्वास्थ्य सर्तकता अपनाउनुपर्ने बताए ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया