भारतमा निको भएर कोरोना भाइरसका २९ संक्रमितहरू घर फर्किए
काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड १९)को संक्रमणबाट २९ जना निको भएर घर फर्किएका छन् ।
चीनबाट शुरु भएको कोभिड १९ ले विश्व आक्रान्त भइरहेका बेला भारतमा निको हुने बिरामीको संख्या बढ्दै गएको हो ।
भारतीय सञ्चारमाध्यमहरूका अनुसार हालसम्म २९ जना कोरोना भाइरसका संक्रमितहरू निको भएर घर फर्कीसकेका छन् ।
भारतमा कुल संक्रमित ३ सय ४१ जना रहेका छन् । भारतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुने दर पनि कम रहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
भारतमा कोरोना भाइरसको संक्रमणबाट हालसम्म ६ जनाको मृत्युु भइसकेको छ ।
भारतमा कोरोना संक्रमण रोक्नका लागि ‘जनता कर्फ्यु’ लागू भएको छ । स्वास्थ केन्द्रहरूलाई खुला र चुस्तदुरुस्त राखिएको समाचारमा उल्लेख छ ।
Published : Sunday, 2020 March 22, 6:15 pm
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया