कांग्रेसले रोक्यो क्रियाशील सदस्यता वितरण, केन्द्रीय कार्यालय खुला रहने
काठमाडौं । नेपाली कांग्रेसले कोरोना भाइरसको संक्रमणका कारण चैत मसान्तसम्मलाई कृयाशील सदस्यता वितरण र नवीकरण गर्ने कार्यलाई स्थगन गरेको छ ।
कांग्रेसले शनिबार विज्ञप्ति जारी गरेर सचेतना अभियानमा थप सकृय बनाउने जनाएको हो ।
‘प्राणघातक कोरोना भाइरसको जोखिम दृष्टिगत गरेर ठूला भेला र सम्मेलनहरू यसअघिनै स्थगित गरिएको भए पनि १४औँ महाधिवेशन तयारीसंग सम्बन्धित (कृयाशील सदस्यता नवीकरण र वितरण एवम् बाँकी समायोजन) कार्य जारी राखिएका थिए’, विज्ञप्तिमा भनिएको छ, ‘पछिल्लो समयमा अझ बढेको जोखिमबाट थप सतर्कताका लागि चैत ९ देखि लागू हुने गरी ती कार्य ०७६ चैत मसान्तसम्मका लागि स्थगित गरिएका छन् ।’
‘शहरदेखि गाउँसम्म, गाउँको टोल हुँदै घरघरसम्म’ कोरोना सचेतना अभियानमा पार्टीपंक्तिको कृयाशीलता सतर्कतापूर्वक विविध ढंगले जारी रहने कांग्रेसले जनाएको छ ।
‘जिल्ला, क्षेत्र, गाउँ, नगर हुँदै टोल तहसम्म जोखिम सामना गर्ने राष्ट्रिय दायित्व निर्वाहमा नेपाली कांग्रेसको सम्बन्धित तहका साथीहरूले विभिन्न दल, समुदाय र स्वास्थकर्मीहरूसंग आवश्यक समन्वय, सहयोग र स्वयंसेवीको भूमिका निभाउनु हुनेछ’, कांग्रेसले विज्ञप्तिमार्फत भनेको छ ।
कांग्रेसले सचेतना अभियानमा सञ्चारका विविध माध्यमको प्रयोगमा तिब्रता दिइने जनाएको छ ।
‘स्थलगत सांगठनिक गतिविधि रोकिएको यो अवधीमा पनि मुलतः कोरोना सचेतना अभियानको आवश्यकता अनुसार नेपाली कांग्रेस केन्द्रीय कार्यालय खुला रहनेछ’, विज्ञप्तिमा उल्लेख छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया