बझाङ तरुण दलका अध्यक्ष ऐडी गम्भीर घाइते, पत्नीको ज्यान गयो
काठमाडौं । नेपाल तरुण दल बझाङका अध्यक्ष विष्णु ऐडी मोटरसाइल दुर्घटनामा परेर गम्भीर घाइते भएका छन् ।
गृहजिल्ला बझाङ जाने क्रममा बिहीबार साँझ अध्यक्ष ऐडी मोटरसाइकल दुर्घटनामा परेका हुन् ।
अध्यक्ष ऐडीसहितका उनी पत्नी उज्वला ऐडी र छोरा ऋद्धि ऐडी मोटरसाइकलमा सवार थिए ।
बझाङ तरुण दलका अध्यक्ष ऐडीकी पत्नी उज्वला ऐडीको उपचारका क्रममा निधन भएको नेपाल तरुण दलका केन्द्रीय उपाध्यक्ष उत्तम चापागाइँले जानकारी दिएका छन् ।
उपाध्यक्ष चापागाइँले भने, ‘तरुण दल बझाङका अध्यक्ष विष्णु ऐडीजी परिवारसहित मोटरसाइकल दुर्घटनामा पर्नुभएको छ । पत्नीको निधन भएको छ । बाबु र छोरा गम्भीर घाइते हुनुहुन्छ ।’
उपाध्यक्ष चापागाइँले घाइते सबैको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । चापागाइँले अध्यक्ष ऐडीलाई पर्न गएको पारिवारिक पीडाप्रति समवेदना प्रकट गरेका छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया