पाेइल हिँडेकी बुहारीले लगाइन् कांग्रेस केन्द्रीय सदस्यका पतिलाई गम्भीर आरोप

काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री चित्रलेखा यादवकी बुहारी रानी यादवले आफ्नै ससुरा डा. डा.श्रीकृष्ण यादवलाई यौ’नहिं’साको आरोप लगाएकी छिन् ।

सिरहामा रहेको आफ्नै दरबार होटेलमा सञ्चालनमा रहेको दरबार होटेलका कामदार यामबहादुर बिकसँग सम्बन्धमा रहेकी रानीले आफ्नै ससुरालाई यौ’नहिं’साको आरोप लगाएकी हुन् । कांग्रेस नेतृ चित्रलेखा यादवले रानीले लगाएका आरोपहरूमा कुनै सत्यता नरहेको भन्दै परपुरुषसँग अनैतिक सम्बन्ध राखेर विवाह गरेकी रानी यादवको आरोपहरूको कुनै अर्थ नहुने बताएकी छिन् ।

रानीले ससुरा श्रीकृष्ण यादवले आफूमाथि ५ वर्षदेखि यौ’नहिं’सा गरेको सामाजिक संजाल फेसबुकबाट सार्वजनिक गरेकी छिन् । रानीले फेसबुकबाट आफूलाई ससुराबाटै यौ’नहिं’सा गरेको विषय सार्वजनिक गरेपछि हँगामा भएको छ ।

डा.श्रीकृष्ण लोकसेवा आयोगका पूर्वसदस्य पनि हुन् । डा.श्रीकृष्णले विगत ५ वर्षदेखि यौ’नदुर्व्यहा’र गरेको विषयमा चित्रलेखा, अमेरिकामा रहेका आफ्ना श्रीमान् र आफन्तहरूलाई जानकारी गराएको रानीले फेसबुकमार्फत बताएकी छिन् ।

आफ्नो पीडाका विषयमा कुनै सुनुवाई नभएकाले सामाजिक संजालमार्फत् सार्वजनिक गरेको उनले उल्लेख गरेकी छिन् ।

रानीले ०७६ चैत २ गते फेसबुकमा पोष्ट गरेको ८ पेजको लिखित पत्रमा राखेकी छिन् । सासु चित्रलेखाले पति डा.श्रीकृष्णले यौ’नहिं’सा गरेको थाहा पाएर पनि रोक्नुको साटो उल्टै पतिलाई नै साथ दिएको रानीले सो पत्रमा उल्लेख गरेकी छिन् ।

रानीका पति अमेरिकामा बस्दै आएका मछन् । रानीका ४ वर्षीय एक छोरा पनि छन् । पत्नी परपुरुषसँग सम्बन्धमा रहेको फेलापारेपछि रानीलाई बेवास्ता गर्दै आएका छन् ।

‘बुहारीलाई आफूसँग होटलको बन्द कोठामा ढोका लक गरेर २ घण्टासम्म कुन थकान मेटाउनका लागि गर्दछन्’, रानीले भनेकी छिन्, ‘शारीरिक, सामाजिक वा मानसिक ?’ रानीले सासु चित्रलेखाले पति डा.श्रीकृष्ण यादवलाई आफूमाथि यौ’नहिं’सा गर्न उकासेको गम्भीर आरोप लगाएकी छिन् ।

‘कुनै पनि महिलाले आफ्नो श्रीमानसँग कुनै महिलाको सम्बन्ध सहन गर्न तयार हुँदैनन्’, उनले भनेकी छिन्, ‘ससुराले मलाई किस गर्दा वा अंगालो हाल्दा छोरा छैन यहाँ, त्यसो भएर मायाको फिल होस् भनेर सिकाउने सासुलाई कुन दर्जामा राखिन्छ ?’

के भन्छन् चित्रलेखा र डा. श्रीकृष्णले ?

बुहारीले लगाएको यौ’नहिं’साको आरोपका बारेमा डा. श्रीकृष्ण यादवसँग प्रतिक्रियाका लागि पटक पटक प्रयास गर्दा पनि उनी सम्पर्कमा आएनन् । उनले मोवाइल रिसिभ नगरेपछि डा. यादवले संचालन गरेको सिराहाकै दरबार होटलको फोनमा सम्पर्क गरिएकाे थियाे । तर त्यहाँ पनि उनी नभएको जवाफ दिइयो ।

रानी यादव आफ्नो बुहारी भएको स्वीकार गर्दै सांसद चित्रलेखा यादवले भनिन्, ‘उनी गएको फागुन २६ गते सोमबार नै दरबार होटलमा काम गर्ने यामबहादुर विश्वकर्मासँग पोइल गइसकेकी छिन् ।’

तपाईका पति श्रीकृष्ण यादवले बुहारीमाथि यौ’नदुर्व्य’वहार गर्नुभएको आरोप सामाजिक संजालमै बुहारीले लगाएकी छिन् ? भन्ने जिज्ञासामा चित्रलेखाले भनिन्, ‘महिलासम्बन्धी कानून यति कडा छन् । यस्तो अवस्थामा कसैले त्यस्तो कल्पना पनि गर्न सक्दैन । यामबहादुर बिकसँग भागेपछि म र मेरा पतिलाई बदनाम गर्न यस्तो सोँच्न पनि नसकिने आरोप लगाइएको हो ।’

सांसद यादवको भनाइ छ, ‘रानी यादवको यामबहादुर बिकसँग पहिलेदेखि नै लभ परेको रहेछ । मेरो छोरा एक वर्षअघि अमेरिकाबाट आउँदा पनि रानीको बिकसँग भिडियो कुराकानी भएको थाहा पाएपछि उसले के हो भनेर सोधीखोजी गरेको थियो ।’

‘त्यतिबेला साथीसँग कुरा पनि गर्न नपाउने भनेर मोवाइल नै फालेर फुटाएकी थिइन् । त्यतिबेला हामीले थाहा पाएनौं । शंका पनि गरेनौं’, चित्रलेखाले भनेकी छिन्, ‘अहिले आएर ऊ बिकसँग पोइल गएपछि उनीहरूको प्रेम पहिलेदेखि नै रहेको थाहा पायौं । सीम पनि चेन्ज गरिरहने, ६–७ वटा त सीम नै छ ।’

कांग्रेस नेतृ चित्रलेखाले रानी यादव एक वर्षअघि नै यामबहादुर बिकसँग भाग्ने योजनामा रहेको बताइन् । ‘सिराहामा सशस्त्रका डीएसपी प्रेम रावलसँग यमबहादुरले १ वर्षअघि नै एउटी यादव केटी छ, मेरो ऊसँग लभ छ, हामी भागेर इण्डिया जाने भनेका छौं, सेक्युरिटी थ्रेट हुन्छ कि भनेको रहेछ’, चित्रलेखाले भनेकी छिन् ।

बुहारी रानीसँग लभ परेकाले यामबहादुरले एक दिन दरबार होटलको एमडी बनेर आउँछु भन्दैआएको पनि आफूले कर्मचारीबाट सुनेको चित्रलेखाले बताइन् ।

रानी यादव २ महिनादेखि जनकपुरमा रहेको र उतैबाट यामबहादुर बिकसँग पोइल गएको चित्रलेखाले दाबी गरेकी छिन् ।

‘प्रहरी अनुसन्धानमा यामबहादुर बिक र रानी यादव जनकपुरमा सँगै होटलमा बसेको खुलेको छ’, चित्रलेखाले भनिन्, ‘यामबहादुर बिकसँग पोइल गइसकेपछि मेरो श्रीमान र मेरो बदनाम गर्ने काम उबाट भइरहेको छ ।’

यामबहादुर बिक दरबार होटलमै काम गर्ने कर्मचारी रहेको कुरा कांग्रेस नेतृ चित्रलेखाको भनाइबाट खुलेको छ । दरबार होटल कांग्रेस नेतृ चित्रलेखा यादवका पति डा.श्रीकृष्ण यादवले चलाउँदै आएका छन् ।

सामाजिक संजालमा ससुराबाट यौ’नहिं’साको शिकार भएको र आफ्नो ज्यान नै असुरक्षित रहेको भन्दै आएकी रानी यादवसँग सम्पर्क गर्ने धेरै प्रयास गर्दा पनि उनीसँग सम्पर्क हुन सकेन । उनी जनकपुरमा भएको जानकारीसम्म पाइयो । उनीसँग सम्पर्क गर्ने प्रयास सफल हुन सकेन ।

यस्तो लेख्छिन् रानी यादव

ममाथिको घटना मैले आज आएर बनाएको होइन । यो घटना सबभन्दा पहिले थाहा पाएको घरमा काम गर्ने मीन तामाङले हो । उसले थाहा पाएपछि उसलाई कामबाट निकालियो । त्यसपछि मैले धेरैलाई सुनाएँ तर सबैले हामी उनीहरूको अगाडि बोल्न सक्दैनौं भने ।

सिरहामा डा.श्रीकृष्णका भतिजा र बुहारीहरू, घरभाडामा बस्नेहरू, काठमाडौंको घरमा बस्ने हरि पासवान, पूर्वउपमेयर उपेन्द्र यादव, डा.श्रीकृष्ण यादवका भाई जयनाथ यादव, चित्रलेखा यादवको भाई मेयर विश्वमोहन यादवलगायतका विभिन्न मान्छेलाई पनि जानकारी गराएँ ।

एडभोकेट विजय ठाकुरसँग पनि परामर्श लिएँ । मलाई मेरो घरका मान्छेले अल्झाएर इज्जतको कारणले रोकेर राखे । मलाई पुनः लहान पठाइयो । अनि म यो कार्य गर्नुभन्दा उपयुक्त केही ठानिनँ ।

यो घटनाको बारेमा पहिलेदेखि नै होटलको स्टाफहरूलाई थाहा थियो । डा.श्रीकृष्णसँग जाँदा सबैले मेरो खिल्ली उडाउने गर्थे । यी सबै प्रश्नलाई मेरो मनमा ५ वर्षदेखि खेलाई एउटा बच्चाको आशा राखेर सहेर बसें । मैले यी सबै कुरालाई सहन नसकेर मृत्यु रोज्नुपर्ने अवस्था भएको थियो ।

ममाथि घटेका सम्पूर्ण घटनाको बारेमा मेरो घरपरिपवार लगायत कोहीमाथि तल छिमेकीहरूलाई जानकारी दिएँ । सबैले माइती गएर बस भने । तर त्यहाँ बस्दा पनि मलाई मेरो बच्चासँग छुटाउन खोजियो । मलाई प्रहरी बोलाउने धम्की दिइयो । मलाई मारेर पनि मेरो बच्चा लिन्छु भने ।

म लुक्दै बसें । सासु आएर भाडाको घरमा छिमेकीको अगाडि बेइज्जत गरेर गइन् । नन्द, ज्वाइँ आएर मेरो भाईलाई तेरो दिदीलाई कति पैसा चाहियो भनेर गए । अनि अचानक एक दिन बिनाजानकारी ससुरा र सासु आए, म तेरो छोरालाई बोला अनि जान्छु भनें । मलाई जबर्जस्ती आमा बाबुसँग मिलेर मलाई लगियो ।

मलाई आज आएर टर्चर छ । भेट्यो भन्ने अब म यदि कुनै नराम्रो कदम चाले भने त्यसको जिम्मेवार चित्रलेखाको सम्पूर्ण परिवार हुनेछ । अपराधी डा.श्रीकृष्ण यादव हो । मेरो ठूलो गल्ती एउटै हो कि मैले उनीहरूलाई बचाउन खोजे, उनीहरूको इज्जतको ख्याल गरें, मैले जानकारी सम्बन्धित निकायमा दिइनँ ।

मसँग प्रुफहरू सबै छन् । म जहाँ छु, अहिलेसम्म ठीक छु, अब मलाई केही भयो वा मेरो कारणले अरुलाई केही भयो भने त्यसको जिम्मेवार चित्रलेखा यादव र उनको सबै परिवार विशेष गरी डा.श्रीकृष्ण यादव ।

मेरो श्रीमान कहिले आउँछ भन्ने प्रश्न गर्दा तिमीलाई मेरो छोराले ‘फिजिकल स्याटिस्फ्याक्सन’ दिन सक्दैन ।

म दिन्छु भन्ने ससुरा बाबु कुन दर्जाको होला ? जुन श्रीमानलाई सबै जानकारी हुँदा पनि काम हुन देऊ, घरमा मिलाएर बस, म आउँदिन अहिले । यस्तो भन्ने श्रीमान कस्तो होला ? बाबुले गरेको यौ’नहिं’साका बारेमा सबैभन्दा पनि मेरो बाबु त्यस्तो होइन भन्ने श्रीमान मलाई के काम ?

मलाई स्वतन्त्रता चाहिन्छ । प्लीज, यो कुरा सबैले बुझिदिनुहोला । यो केसमा अरुलाई दोषी नबनाउनुहोला । यसको एउटै कारण हो, श्रीकृष्ण यादवको परिवार ।

शारीरिक मानसिक विभिन्न घरेलु तनावहरू छन् । केही भन्यो कि पैसा कति चाहिन्छ भन भन्ने परिवारमा के बस्नु् ? त्यो घरमा आउने जाने सबैलाई थाहा थियो, मेरो के हैसियत थियो भन्ने कुरा त्यो परिवारमा तर कसैले पनि पावरको कारणले बोल्न सक्दिनँ भने । त्यसका भ्वाइस कल रेकर्डसमेत मसँग छन् । मसँग चित्रलेखाले मेरो घरमा गएर हल्लाको पनि रेकर्ड छ ।

चित्रलेखाको परिवारले तेरो सबै फूर्ति निकाल्छु भन्दै ड’रत्रा’स दिन थाले । अनि म केही कुराहरू सम्झन नसकेर आफ्नो सबभन्दा नजिकको मानिससँगको सहारा मागें र उसले मलाई सुरक्षित साथ मैले भनेको ठाउँमा पुर्‍यायो । मलाई धन सम्पत्तिसँग कुनै लोभ छैन । मेरो नाममा जग्गाजमिन सबै दिइहाल्छ किनकि म छोरासँग बिहे गरेर बाबुको बुढी हुन सक्दिनँ । त्यो पापको सम्पत्ति चाहिन्नँ ।

Published : Wednesday, 2020 March 18, 8:16 am

फेसबुकबाट तपाईको प्रतिक्रिया