पनाैतीमा तनाब, हवल्दार घाइते

बनेपा । काभ्रे जिल्लाको पनौतीमा टिपरको ठक्करबाट दुई जनाको ज्यान गएको छ । ज्यान गएपछि पनौती तनावग्रस्त बनेको छ ।

पनौतीमा आक्रोशित भीड र प्रहरीबीच झडप भएको छ । झडपमा गोली चल्दा एक जना प्रहरी हवल्दार घाइते भएका छन् । प्रदर्शनकारीतर्फ तीन जना घाइते छन् ।

काभ्रे प्रहरी प्रमुख एसपी रविकुमार पौडेलले गोलीबाट प्रहरी घाइते बनेको जानकारी दिएका छन् ।

गोली कहाँबाट कसरी चल्यो भन्ने पुष्टि भइसकेको छैन । प्रहरीले घटनाका विषयमा अनुसन्धान शुरु गरेको छ ।

एसपी बरालले पनौतीको स्थितिलाई नियन्त्रणमा लिने प्रयास भइरहेको बताए । प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन अश्रुग्यास मात्र प्रहार गरेको जनाएको छ ।

सोमबार अपरान्ह पनौतीको मानेश्वरी बसपार्कमा बा ५ ख ५४८० नम्बरको टिपरले ठक्कर दिँदा जनिमाया गोले र उनकी छोरी स्मारिका गम्भीर घाइते भएका थिए ।

उनीहरूको शिर मेमोरियल अस्पतालमा उपचारका क्रममा ज्यान गएको बनेपाका प्रहरी निरीक्षक योगेन्द्र तिम्सिनाले जानकारी दिएका छन् ।

Published : Monday, 2020 March 16, 10:54 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया