भोजपुरमा मुख्यमन्त्रीका कार्यकर्ता कांग्रेसमा प्रवेश
भोजपुर । भोजपुर जिल्लाको भोजपुर नगरपालिकामा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
भोजपुर नगरपालिकाको वडा नम्बर ६, पालुवामा वराज गजमेर, तेज प्रधान र विक्रम राईको नेतृत्वमा ४५ जना नेकपा कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् ।
आइतबार पालुवाको भेटघाट चोकमा आयोजित अन्तरक्रिया कार्यक्रममा कांग्रेसमा प्रवेश गरेको समिर मोक्तानले जानकारी दिए ।
नेकपा लगायतको पार्टी परित्याग गरेका नवप्रवेशी युवाहरूलाई नेपाली कांग्रेसका पार्टी सचिव एवम् भोजपुर नगरपालिका मेयर कैलाश आलेले खादा ओढाएर स्वागत गरेकोे कांग्रेस जिल्ला कार्यसमितिका कोषाध्यक्ष सफल किराँतीले जानकारी दिएका छन् ।
आलेले आफू नगरको नेतृत्वमा रहँदै गर्दा विकास निमार्ण लगायतका गतिविधि पारदर्शी रुपमा गरेको बताए ।
नगरपालिकाको १२ वटै वडामा विद्युत् बिस्तार, खानेपानी, शिक्षा र स्वास्थको क्षेत्रमा समेत आमूल परिवर्तन गरेको बताए ।
नेपाली कांग्रेस जिल्ला कार्यसमितिका सह–सचिव समिर मोक्तान, कोषाध्यक्ष सफल किराँती, सदस्य प्रमिला कार्की, नीरकुमार विश्वकर्मा लगायतले आ–आफ्नो धारणा राखेका थिए ।
भोजपुर जिल्ला राष्ट्रपति विद्यादेवी भण्डारी र प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको गृहजिल्ला हो ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया