रामचन्द्र पौडेलले १३औँ महाधिवेशनको गल्ती दोहोरिन नदिने
काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफूलाई १४औँ महाविधेशनमा सभापतिका लागि तयारी गरेका छन् ।
१३औँ महाधिवेशनमा शेरबहादुर देउवासँग सभापतिमा पराजित भएका पौडेलले आफूलाई भावी सभापतिका रुपमा प्रस्तुत गर्न थालेका हुन् । पौडेलले यस पटक कोइराला परिवारलाई मिलाएर सभापति बन्ने योजनामा लागेको उनी निकटका नेताहरूले बताएका छन् ।
पौडेललाई १३औँ महाधिवेशन कोइराला परिवारले धोका दिएको चर्चा पनि चलेको थियो । तर, पौडेललाई कोइराला परिवारभन्दा पनि नेता कृष्णप्रसाद सिटौलाले असहयोग गरेका कारण सभापतिमा पराजित भएका थिए ।
यस पटक वरिष्ठ नेता पौडेलले १३औँ महाविधेशनका गल्तीहरूलाई दोहोरिन नदिने पक्षमा छन् । सोही कारण पौडेलले आफूलाई देश दौडाहमा सक्रिय बनाएका छन् ।
उनले कोइराला परिवार, प्रकाशमान सिंहलगायतका नेताहरूलाई मिलाउने पक्षमा छन् । त्यति मात्रै होइन पौडेलले सिटौला समूहमा रहेका गगन थापा र प्रदीप पौडेल जस्ता नेताहरूलाई आफ्नो समूहमा ल्याउन सक्रिय छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया